2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

‘राज्यको लापरवाहिका कारण पुननिर्माणमा नागरिकले विभिन्न समस्या झेल्नु पर्यो’

फाल्गुण २३¸ रामेछाप ।
रामेछापको मन्थलीमा भूकम्पपछि पुननिर्माणको अवस्था, भूमि ,मत्स्यक्षेत्र तथा वनजङ्गलको
भोगाधिकार सम्बन्धी उत्तरदायी शासन व्यवस्था र सरोकारवालाहरुको भूमिका विषयक
कार्यशाला गोष्ठी मंगलबारवाट सुरु भएको छ ।
 २ दिनसम्म चल्ने गोष्ठिमा रामेछाप , दोलखा , सिन्धुली र ओखलढुंगाका विभिन्न
नगरपालिका
, गाउँपालिकाका
जनप्रतिनिधि
, राष्ट्रिय
पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख
,
विभिन्न गैरसरकारी संघ संस्सथाका प्रमुख एवं
प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको छ । फियान नेपालका कार्यकारी निर्देशक
अशोक बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का सांसद
शान्ति प्रसाद पौडेलले खेतीयोग्य जमिनमा घर बनाउने कार्यलाई रोक्नुपर्ने बताए ।
 
खेतीयोग्य जमीन अनुत्पादक क्षेत्रमा प्रयोग बढ्दै
गएकाले यसका बारेमा स्थानीय तहले बेलैमा बिचार गर्नुपर्ने उनको भनाई छ । उनले
पुननिर्माणका सवालमा राज्यको लापरवाहिका कारण नागरिकले विभिन्न समस्या झेलिरहेको
बताए । पुननिर्माणका सवालमा राज्यले प्रवाहा गर्ने सेवा जनताको आवश्यकता सुहाउदो
नहुदा समस्या भएको सांसद पौडेलको भनाई छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख
प्रेम बहादुर खड्काले सवै स्थानीय तहलाई विकासको काम गर्दा दिगोपनालाई ध्यान दिन
आग्रह गरे । उनले मुलुकलार्य कृषि वाट नै आत्मनिर्भर बनाउन सकिने भन्दै यसमा सबैले
दिगो योजना बनाएर काम गर्नुपर्ने बताए ।

सवै स्थानीय तहले बाताबरण सन्तुलनमा असर पार्ने
खालका गतिविधि हुन दिन नहुने उनको भनाई छ । कार्यक्रममा दोलखाको मेलुङ
गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले मुलुकको दिगो विकासका लागि सवैले
सकरात्मक सोचका साथ काम गर्ने पर्ने बताए । उनले स्थानीय सरकारको काम कारवाहीलाई
कडा निगरानीका साथ सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । रामेछापका प्रमुख
जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले राजनिति र प्रशासन एउटै सिक्काको दुईपाटो
भएकाले यी दुईबिच समन्वय प्रगाड हुनुपर्ने बताए । मुलुकको दिगो विकासका लागि
विगतको कमिकमजोरीलाई सच्याएर सवै एक भएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रमको विश्व खाद्य तथा कृषि संगठनको आर्थिक
सहयोग
, राष्ट्रिय
पुननिर्माण प्राधिकरणको सहकार्य र सृजनशिल युवा समाज चिसापानी संगको समन्वयमा
फियान नेपालले आयोजना गरेको हो ।  गोष्ठी
बुधबार सम्म संचालन हुने सृजनशिल युवा समाज चिसापानीका अध्यक्ष भुवन कुमार
श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई