2026-07-02 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

गुराँस फुलेर ढकमक्क आन्तरिक तथा बाह्य पर्यटको घुइँचो

योगेन्द्र योगी/ बैशाख २५, संखुवासभा
संखुवासभा, तेह्रथुम र ताप्लेजुंग जिल्लाको संगम स्थल गुँरासको राजधानी तीनजुरे मिल्केमा
गुराँस फुलेर रातै भएको छ । तीन जिल्लाको संगम तीनजुरेमा गुराँस फुलेर रातै भएपछि आन्तरिक तथा बाह्य
पर्यटक बढन थालेका छन् ।

टीएमजे क्षेत्र अहिले गुराँस फुलेर
राताम्मे भएपछि पर्यटनको घुइँचो लाग्न थालेको छ । गुराँस फुलेको अवलोकन गर्न र दृश्यहरु क्यामेरामा कैद
गर्न आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या बढेको छ । फागुन महिनामा छिटफुट रुपमा पर्यटक आउने गरेपनि
त्यसपछि दैनिकजसो पर्यटकको सङ्ख्यामा वृद्धि भएको टुटेदेउराली प्रहरी चौकीको तथ्याङ्कमा उल्लेख छ

यस क्षेत्रमा पाइने २८ प्रजातिका गुराँसका कारण चचिर्च बनेको
हो । वनपाखा राताम्मे हुने गरी अहिले गुराँस फुलेपछि यो क्षेत्रको पदमार्ग व्यस्त भएको एक होटल संचालकले
बताए । नौ महिना सुनसान हुने यो क्षेत्र गुराँस फुलेसगै यतिबेला पर्यटकीय चहलपहल निकै बढेको स्थानियहरु
बताउछन् । गुराँस हेर्न बिदेशी पर्यट तथा नेपालको काठमाडौं, विराटनगर लगायत तराईका विभिन्न जिल्लाबाट
पर्यटक आउने गरेको स्थानीयबासी बताउँछन् ।

अरुण र तमोर नदीको उर्लंदो छालमा र्या्िफ्टङ गरी
सुनसरीको प्रसिद्ध धामिर्म स्थल चतरा आउनेलाई लोभ्याउन सक्ने प्राकृतिक सौन्दर्य बोकेको यो क्षेत्र यति
बेला गुराँस फुलेका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन व्यस्त बनेको छ । टिएमजेमा गुराँसको
सबैभन्दा अग्लो र सबैभन्दा होचो प्रजातिसमेत पाइन्छन् ।

यस
क्षेत्रमा गुराँसका अरू प्रजाति पनि भेटिने सम्भावना रहेको आईयूसीएनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख
छ । १ हजार ५ सयदेखि ५ हजार ५ सय मिटर उचाइमा फैलिएको यो क्षेत्र जैविक विविधताका हिसाबले पनि उत्तिकै
महत्त्वपूर्ण रहेको बुद्दिजिबिहरु बताउछन्। शैक्षिक भ्रमणको मुख्य क्षेत्र वनेको टिएमजे क्षेत्रमा
अवलोकनका लागि विद्यार्थीको समेत भीड लाग्ने गरेको छ भने नया बर्ष मनाउन पनि बिभिन्न ठाउँहरुबाट
मानिसहरु आउने गरेको स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध