2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पश्चिमाञ्चकै उत्कृष्ट बन्यो रेडियो शालिग्राम

September 26, 2015

असोज ९, पर्वत ।  शिक्षा क्षेत्रको प्रबद्र्दन गरेको भन्दै नेपाल पत्रकार महासंघ र शिक्षा विभागले राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट पर्वतको रेडियो शालिग्रामलाई पुरस्कार प्रदान गर्ने भएको छ । पश्चिमाञ्चलको मोफसलमा रहेका थुप्रै रेडियोहरुको माझमा पनि शिक्षा लगायत चेतनामूलक कार्यक्रम उत्पादन र प्रशरणले समाज परिवर्तनमा सकारात्मक भूमिका खेलेको भन्दै रेडियो शालिग्राम सम्मानीत हुन लागेको हो । संस्थागत शिक्षा पत्रकारिता पुरस्कारमा पश्चिमाञ्चल क्षेत्रमा रेडियो शालिग्राम १०० थोप्लो ६ मेगाहर्ज छनौटमा परेको हो । गाउँ देखी बजार क्षेत्रमा शिक्षाको ज्योति फैलाएको रेडियोले पुरस्कार वापत २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । पर्वत जिल्ला संगै पश्चिमाञ्चलका १६ जिल्लामा शिक्षाको उत्थानमा रेडियोले भुमिका खेलेको भन्दै पुस्कार प्रदान गर्ने निर्णय गरिएको शिक्षा बिभागले जनाएको छ । रेडियोले पुरस्कार पाएकोमा बिभिन्न क्षेत्रबाट शुभकामना प्राप्त भएका छन् ।

रेडियोले पश्चिामाञ्चल क्षेत्रमा नै फरक र तथ्यमा आधारित रहेर सूचना, सामाचार तथा कार्यक्रम उत्पादन गर्दै आईरहेको छ । सुचना शिक्षा मनोरञ्जन र खबरदारीको मुद्दालाई प्रमुखताका साथ रेडियोले उठाएर कार्यक्रम समाचार र सुचना सम्प्रेशण गर्दै आएको छ । त्यस्तै पुर्वाञ्चलबाट गणतन्त्र एफएम सुनसरी, मध्यमाञ्चलमा रेडियो सिन्धुलीगढी सिन्धुली,उपत्यकामा मेरो एफएम काठमाडौ,मध्यपश्चिमाञ्चलमा थारुभाषी एफएम बर्दिया र सुदूरपश्चिमबाट संयुक्त रुपमा टीकापुर एफएम कैलाली र नयाँ नेपाल दार्चुला लाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघले शिक्षासँग सम्वन्धित पुरस्कार पाउनेहरुको विवरण शुक्रबार सार्बजनिक गरेको छ । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार२०७१’ यसपटक तीन व्यक्तिलाई संयुक्तरुपमा प्रदान गरिने छ । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका जनक नेपाल, कान्तिपुर टेलिभिजनका नारायण किलम्बु र शिक्षक मासिकका बाबुराम विश्वकर्मालाई संयुक्तरुपमा प्रदान गरिने महासंघले जनाएको छ । पुरस्कारको राशी ७५ हजार रुपैयाँ छ । यसैगरी ‘क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार(२०७१’ पूर्वाञ्चलबाट जयकृष्ण यादव र छेटु शेर्पा, मध्यमाञ्चलबाट फणि महत र रामेश्वर कार्की, पश्चिमाञ्चलबाट गगनशीला खड्का र शोभाखर पन्थी, मध्यपश्चिमाञ्चलबाट धनबीर दाहाल र राजेन्द्र नाथ गरी ५ क्षेत्रलाई सुयक्तरूपमा प्रदान गरिनेछ । सोही पुरस्कार सुदूरपश्चिमाञ्चलबाट निमेन्द्र शाहीलाई तथा काठमाडौं उपत्यकाबाट कोकिला खड्का केसी र रोशन क्षेत्री गाउँलेलाई प्रदान गरिने छ । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । बैठकले उपत्यकासहित ६ क्षेत्रका २ र २ जना पत्रकारलाई प्रदान गरिने १५ हजार राशीको ‘शिक्षा लेखनवृत्ति(२०७१’ पूर्वाञ्चलबाट भोलाकुमार पासवान र वैद्यनाथ यादव, मध्यमाञ्चलबाट राजकुमार गोले, नरेन्द्र सापकोटा र मन्दिरा थापालाई प्रदान गरिनेछ । यस्तै काठमाडौं उपत्यकाबाट संयुक्त रुपमा वीरेन्द्र ओली, पार्वता चौधरी र सइन्द्र राईलाई प्रदान गरिनेछ । त्यस्तै सयुक्तरूपमै पश्चिमाञ्चलबाट नवीनराज कुइकेल, कृष्ण खनाल र गोपीराम ज्ञवाली, मध्यपश्चिमबाट अर्जुन ओली र हेमन्त केसीलाई प्रदान गरिने छ । सुदूरपश्चिमबाट मोहन विष्ट र रामबहादुर कुँवरलाई दिइने छ ।

त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार(२०७१’ तर्फ पूर्वाञ्चलबाट गणतन्त्र एफएम सुनसरी, रेडियो सिन्धुलीगढी सिन्धुली, मेरो एफएम काठमाडौं, रेडियो शालिग्राम पर्वत, थारुभाषी एफएम गुर्वावा बर्दिया तथा सुदूरपश्चिमबाट संयुक्तरुपमा टीकापुर एफएम कैलाली र नयाँ नेपाल दार्चुलालाई प्रदान गरिने छ । सो पुरस्कारको राशि बीस हजार रुपैयाँ छ । यसैगरी बैठकले राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने ४० हजार रुपैयाँ राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार(२०७१’ पत्रपत्रिकातर्फ नेपाल समाचारपत्र दैनिक र टेलिभिजनतर्फ लुम्बिनी टेलिभिजनलाई प्रदान गरिने बताएको छ । महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक