Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको बौद्धिक अपांगता भएका विद्यार्थी पढ्ने विद्यालय आर्थिक संकटमा

२०७४, २४ फाल्गुन बिहीबार ०९:१३

फागुन २४, नुवाकोट | बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययन गर्दै आएको जिल्लाको एक मात्र विद्यालय आर्थिक समस्यामा परेको छ । विदुर नगरपालिका–५ मा माझीटारमा रहेको बौद्धिक अपांगता प्रारम्भिक विद्यालयमा २४ जना विद्यार्थी अध्ययनरत भए पनि सरकारीस्तरबाट एकजना सहयोगी शिक्षक (आया) मात्र उपलब्ध भएकाले शैक्षिक निरन्तरतामा चुनौती देखिएको हो । 

बौद्धिक अपांगता भएका बालबालिकाको अभिभावकमार्फत सञ्चालनमा रहेको विद्यालयले विदुर नगरकार्यपालिकामा कक्षा १ सम्म अध्यापन गराउने अनुमति पाए पनि शिक्षक र भौतिक संरचना अभावमा विद्यालय चलाउन कठिनाइ भएको व्यवस्थापन समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार विद्यालयमा दश छात्र र १४ छात्रा छन् । जसमा तीन वर्षदेखि ३२ वर्षसम्मका बौद्धिक अपांगता विद्यार्थी अध्ययन गर्छन् । उक्त विद्यालय विसं २०६८ देखि संस्थागत रुपमा सञ्चालन गरिएको हो । 

अठार वर्षभन्दा कम उमेरका १७ जना विद्यार्थी छन्, शिक्षक अभावले पर्याप्त शिक्षा र ज्ञान दिन कठिनाइ भएको विद्यालयले जनाएको छ । “१८ वर्षभन्दा माथि उमेरका सात जना छन् । उनीहरुलाई विद्यार्थी सुविधा उपलब्ध नहुने व्यवस्थाले थप कठिनाइ छ,” उहाँले भन्नुभयो, “बौद्धिक अपांगता भएकालाई शिक्षा र स्याहार दुवै चाहिन्छ, एक जना सहयोगी शिक्षकको कोटा मात्र पाएका छौँ, अरू दुईजना शिक्षक निजी स्रोतबाट चलाउँदै आएका छौँ, सरकारी सहयोग अपुग छ ।” 

विद्यार्थीलाई अक्षरको माध्यमबाट भन्दा पनि चित्र र संगीतबाट स्फूर्ति बनाउने गरेको विद्यालयका शिक्षक राजेन्द्र श्रेष्ठले बताउनुभयो । अपांगता भएका बालबालिकाको अभिभावक काममा व्यस्त हुने र उनीहरुले आफ्नो शरीरको रक्षासमेत गर्न नसक्ने हँुदा असुरक्षाको कारण विद्यार्थीलाई आवासीय व्यवस्था छ । 

विद्यार्थीलाई थेरापी, संगीत, खेल, चित्र लगायतका अभ्यासबाट सिकाइने हुँदा बौद्धिकतामा सुधार गर्दै सामन्यतर्फ फर्काइने गरिएको छ, त्यसमा विद्यालय सफल ठहरिँदै आएपछि अहिले विद्यार्थी भर्ना दर वृद्धि हुँदै गएको छ । अस्थायी टहरामा सञ्चालन हुँदै आएको विद्यालयमा भर्ना हुन चाहने अन्य विद्यार्थी भए पनि भौतिक संरचना र शिक्षक अभावले लिन नसकेको विद्यालयले जनाएको छ । विद्यालय सञ्चालनसम्बन्धी अधिकार स्थानीय तहलाई प्राप्त भएकाले आगामी दिनमा सहयोग गर्ने नीति अवलम्बन गरिने वडा नं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश