2026-09-18 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कृषिमा यान्त्रिकरण हुदै

असोज १७, पर्वत / विज्ञान प्रविधिको विकाससँगै विश्व प्रविधिमय बनिसकेको छ । विज्ञान प्रविधिलाई आत्मासाथ गरेर अगाडी बढ्ने मुलुकले आर्थिक क्रान्तिको बाटो रोजिसेका छन् । विज्ञानप्रविधिले कृषि क्षेत्रलाई पनि विज्ञानमय बनाइ सकेको छ । पहिले हलोले जोतेर खेतीपाती गर्ने परम्पार अहिले प्रविधिको विकाससँगै विस्तारै घट्दो क्रममा छ । पछिल्लो समयमा कृषिक्षेत्रमा पनि भित्रिएको प्रविधिका कारण कृषिक्षेत्रमा पनि क्रान्तिमय बनाए सकेको छ ।

विकसीत देशले कृषिक्षेत्रमा पनि प्रविधिको प्रयोग गरी सहज तरिकाले उत्पादन गर्न सफल भएका छन् भने उत्पादन पनि पहिलेको भन्दा दोब्बर हुन थालेको देखिन्छ । कृषिक्षेत्रमा भित्रिएको नयाँ प्रविधिको विकासको प्रयोग गर्नाले सहजमात्रमा नभई उत्पादनका हिसाबले पनि सबल हुने देखिन्छ । त्यसैले पछिल्लो समयमा कृषि क्षेत्रमा खनजोत गर्नको लागि हाते ट्याक्टर तथा अन्य प्रविधिको विकास गर्न थालिएको पाइन्छ । पर्वत जिल्लामा पनि कृषि क्षेत्र विस्तारै यान्त्रिकरण हुदै गएको देख्न सकिन्छ ।

पराम्परा शैलिको खेतिकिसानी भन्दा पछिल्लो समयमा जिल्लाका विभिन्न भागमा आधुनिक प्रविधिका सामाग्रीको प्रयोग गर्न थालिएको छ । जिल्लामा कृषि बिकासको लागि यान्त्रिकरण अभियानको थालनी गरिएको छ । विटीएल प्राइभेट लिमिडेट धोबिघाट ललितपुर र भारती इन्टर प्राइजेज बिरौटा पोखराको सहयोगमा र कृषि बिकास कार्यालय पर्वत र मोति सामुदायिक पुस्तकालय फलेवासको समन्वयमा जिल्लामा यान्त्रीकरण गर्न थालिएको छ । जिल्लामा रहेका विभिन्न गाविसका अगुवा कृषकलाई कृषिमा यान्त्रीकरण गर्नको लागि पछिल्लो समयमा तालिम दिन थालिएको छ ।

फलेवासमा खानिगाउ, देविस्थान, मुडिकुवा र शंकरपोखरी गाबिसका ३४ जना अगुवा कृषकहरुको कृषिमा यान्त्रीकरण गर्नको लागि तालिम दिइएको छ । तालिममा कृषकलाई हाते ट्याक्टरको चिनारी, यसको उपयोग, बिशेशता, यसको प्रयोगबाट हुने फाइदा, प्रयोग गर्ने तरिका, यसका प्रमुख भागहरु तथा जगेडा यन्त्रहरु, पुर्व सावधानी तथा संचालन गर्दा ध्यान दिनुपर्ने कुरा, हाते ट्याक्टर जडान, चलाउने विधि तथा जोताइ, समस्या तथा सामान्य मर्मत सम्भारको बारेमा बरिस्ठ कृषि विशेषज्ञ निलकण्ठ शर्मा लम्सालले सहजीकरण गरेको बताइएको छ ।

कार्यक्रममा सो तालिममा गोरुको प्रयोग र हाते ट्याक्टरको प्रयोग गर्दा हुने खर्चको हिसाब किताब र नाफा नोक्सान बारे पनि जानकारी गराइएको बताएको छ । किसानको लागि उपयुुक्त ट्याक्टरको तौल ७४९ ८५ के जी, क्षमता ६.५९ ९ हर्स पावर, र मूल्य रु ७० हजार देखि ९० हजार सम्मकोले एक घण्टामा एक लिटर इन्धनबाट एक रोपनी जमिन जोत्न सकिने ट्याक्टर बजारमा आएको कार्यक्रममा बताइएको थियो । परम्परागत खेतिकिसानी गर्दा बढी खर्चिलो र महङ्गो बन्दै गएको र कृषिमा यान्त्रीकरण गर्न सकेमा सहजर खर्च कम हुने कृषि विशेषज्ञ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई