2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु

फागुन २८, नुवाकोट (रासस) | त्रिशूलीबाट देवीघाटतर्फ गइरहेको मिनीबस दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये दुई जनाको आइतबार राति मृत्यु भएको छ । 

विदुर नगरपालिका–५ पिपलटारका २७ वर्षीय ईश्वर नेपालीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा र सोही स्थानका २५ वर्षीया बिमला डंगोलको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । 

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा.१ ख ६५१९ नं को बस गुडिरहेको समयमा आइतबार अपराह्न पांग्रा खुस्किएर विदुर नगरपालिका–५ पिपलटारमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बेलकोटगढी नगरपालिका–८ जिलिङका ३५ वर्षीय गुरुप्रसाद नेपाल र उहाँको पाँच वर्षीय छोरा प्रवेश नेपाल, धादिङ बैरेनीका ३७ वर्षीया दीपा सुनारलाई थप उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । अन्य चार जना घाइतेको जिल्लास्थित नुवाकोट सिटी अस्पताल विदुर र सञ्जीवनी अस्पताल बट्टारमा उपचार भइरहेको छ । 

घाइते भएका नौको अवस्था सामान्य भएपछि घर फर्किएका छन् । दुर्घटना भएको गाडीधनी एवम् चालक विनपा–५ पिपलटारका देवेन्द्रराज गजुरेललाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई