2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट महोत्सवमा दुई करोडको कारोबार

फागुन २८, नुवाकोट | ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ । 

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले महोत्सवले जिल्लाको आर्थिक गतिविधि र व्यावसायिक विस्तारमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले स्थानीय उत्पादनका साथै धार्मिक तथा सास्ंकृतिक पर्यटन प्रवद्र्धनमा महोत्सवको भूमिका देखिनुपर्ने बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले मेला महोत्सवको माध्यमबाट जिल्लामा आर्थिक समृद्धिको मार्ग खोजी हुनुपर्ने बताउनुभयो । महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको र करीब रु दुई करोडको आर्थिक कारोबार भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । 

जिल्लाको स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु गरिएको महोत्सवले जिल्लाको समृद्धिका लागि भूमिका खेलेको संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो । महोत्सवबाट स्थानीय उत्पादन हस्तकलाका सामग्री र कृषिजन्य उत्पादनको प्रवद्र्धन भएको उहाँले बताउनुभयो । ११ दिनसम्म सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि महोत्सवमा सहभागी व्यवसायीको मागलाई ध्यानमा राखी एक दिन थप गरिएको आयोजकले जनाएको छ । 

महोत्सवमा पछिल्ला दिनमा दर्शकको संख्यामा उलेख्य मात्रामा वृद्धि भएको थियो । महोत्सवमा विभिन्न चर्चित कलाकारले आ–आफ्नो प्रस्तुति दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई