2026-09-13 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिवास जनता क्याम्पसको भवन निर्माण शुरु

फागुन २८, बर्दिवास | महोत्तरी जिल्लाको बर्दिवास–१४ मा बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासको आठकोठे भवन निर्माण कार्य शुरु भएको छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अहिलेको क्याम्पस भवनकै माथिल्लो तलामा आइतबार आठकोठे भवनको निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो । 

क्याम्पसको माथिल्लो तलामा आठकोठे दोस्रो तला निर्माणका लागि बर्दिवास नगरपालिकाले रु ४५ लाख उपलब्ध गराएको छ । त्यसैगरी विश्वविद्यालय अनुदान आयोगबाट रु १२ लाख उपलब्ध हुने प्रक्रिया अन्तिम चरणमा पुगेको क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले जानकारी दिनुभयो । दोस्रो तला निर्माणमा रु ६९ लाख खर्च हुने प्राविधिक अनुमान रहेको छ । 

क्याम्पसले थप तेस्रो तल्लामा आठ कोठा निर्माणका लागि शिक्षाप्रेमी विभिन्न व्यक्तिलाई आह्वानसमेत गरेको छ । “दोस्रो तलाको आठ कोठा नगरपालिका र विश्वविद्यालय अनुदान आयोगको सहयोगबाट पूरा गर्छौं”, क्याम्पस भवन निर्माण समितिका अध्यक्ष एवम् क्याम्पस प्राज्ञ सभाका उपाध्यक्ष लीलामणि आचार्यले भन्नुभयो, “तेस्रो तला निर्माणका लागि स्मृति भवनको हामीले खुला आह्वान गरेका छौँ ।” यो आह्वानअनुसार दिवङ्गत आफन्तका नाउँमा कक्षा कोठाको नाउँ र शिलालेख राखिने अवसर दिइएकाले भवनका कोठा बनाइदिने प्रतिबद्धता प्राप्त हुन लागेको आचार्यको भनाइ छ । 

शिक्षाशास्त्र र वाणिज्य सङ्कायमा स्नातक तहको पठनपाठन सञ्चालन गरिरहेको क्याम्पसले अब स्नातकोत्तरको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयमा संवद्र्धन प्रक्रिया बढाएको छ । आउने शैक्षिक सत्रबाटै स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गरिने क्याम्पस प्रमुख ठकुरी बताउनुहुन्छ । हाल स्नातक तहमा ५०५ विद्यार्थी अध्ययनरत छन् । बर्दिवासमा यो क्याम्पस स्थापना भएयता विवाहिता महिलाका लागि उच्च शिक्षा जारी राख्न निकै सजिलो भएको छ । २०६४ सालमा क्याम्पस स्थापना भएर सञ्चालन भएयता आफ्ना वरपरका ३०० भन्दा बढी बुहारीले स्नातक तहको अध्ययन पूरा गरेका क्याम्पस प्रमुख ठकुरी बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन