<p class="cf-tweet-this cf-tt-target cf-tt-abutted cf-tt-abutted-top cf-tt-element-attached-bottom cf-tt-element-attached-center cf-tt-target-attached-top cf-tt-target-attached-center cf-tt-enabled" style="margin-bottom: 17px; color: rgb(34, 34, 34); font-family: "open sans"; font-size: 15px;">फागुन २९, पोखरा | पोखरा लेखनाथ महानगरपालिकाले एने कानून र कार्यविधि निर्माणमा गर्न दोश्रो नगरसभा सुरु गरेको छ । सोमबारदेखि शुरु भएको कानून केन्द्रित सभामा छलफलका लागि १८ वटा विधेक टेबुल गरेको छ । ड्राफ्टका रुपमा आएका १८ वटा विधेयकबारे सामान्य सभासद्हरुलाई छलफलका लागिएको छ ।
<p class="cf-tweet-this cf-tt-target cf-tt-abutted cf-tt-abutted-top cf-tt-element-attached-bottom cf-tt-element-attached-center cf-tt-target-attached-top cf-tt-target-attached-center cf-tt-out-of-bounds cf-tt-out-of-bounds-bottom" style="margin-bottom: 17px; color: rgb(34, 34, 34); font-family: "open sans"; font-size: 15px;">विधायन समितिका संयोजक शोभामोहन पौडेलले महानगरपालिकाले विधेयकको रुपमा तयार गरेका १८ वटा कानूनी विधेयक सभामा पेश गरे । महानगरीय कृषि ऐन, कृषि बजार प्रबर्द्धन ऐन, सहकारी ऐन, कर्मचारी व्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्यविधि, एफएम रेडियो सञ्चालन कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधायन समितिको कार्यविधि, फोहोरमैला व्यवस्थापन निदेशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्दे्शिका र उपप्रमुखसँग महिला कार्यक्रमको निर्दे्शिका सोमबारको सभामा पेश भएका छन् ।
<p style="margin-bottom: 17px; color: rgb(34, 34, 34); font-family: "open sans"; font-size: 15px;">ऐन नियमका विषयविज्ञसँग छलफल गरेर अन्तिम दस्तावेज तयार गरिने मेयर मानबहादुर जिसीले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै मेयर जिसीले कानून अभावले महानगरले देखिने गरी काम गर्न नसकेको भन्दै तुरुन्तै आवश्यक कानून निर्माण गरिसक्ने बताए । उनले यसको अध्ययन र सुझावका लागि सरोकारवालासँग आग्रह पनि गरेका छन् । ‘
<p style="margin-bottom: 17px; color: rgb(34, 34, 34); font-family: "open sans"; font-size: 15px;">कार्यक्रममा एमाले सचेतक, विधायन समितिका संयोजक तथा वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले ऐन, कार्यविधि ड्राफ्टमात्रै भएकाले सुधारका लागि सुझाव आवश्यक रहेको बताए । वडा ९ का वडाध्यक्ष तथा काँग्रेसतर्फका वडाध्यक्षका सचेतक रामराज लामिछानेले समन्वयकारी भूमिकाबाट महानगरलाई सक्षम बनाउने प्रतिबद्धता जनाए ।
कानुन बनाउँन पोखरा लेखनाथ महानगरपालिको दोश्रो नगरसभा सुरु