2026-06-17 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काटेको धान भिज्दा कृषक चिन्तित

कात्तिक १३, पर्बत । खेतमा पहेँलपुर पाकेको धान भित्राउनको लागि काटेर सुकाएको बेलामा बुधबार आएको बर्षाका कारण सुकाएको धान सुक्दा कृषकहरु चिन्तित भएका छन् ।

अविरल बर्षाले पाकेको धानखेतीमा ठुलो क्षति पु¥याएपछि कृषक चिन्तित भएका हुन् । बाच्छा र पाङराङ गाविसमा काटेर सुकाएउन राखिएको धानमा बर्षाका कारण असर परेको बताइएको छ ।

उक्त गाविसमा काटेर सुकाएको ५० प्रतिशत धानबालीमा क्षति पु¥याएको स्थानिय शिक्षक राजेन्द्र आचार्यले बताए । धान रोपाईको समयमा आवश्यक मात्रामा वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्षको धान उत्पादनमा गिरावट आउने भएको छ ।

धानको तुलनात्मक रुपमा उत्पादन कम भएसँगै यस वर्षको उत्पादित धानको गुणस्तर पनि कम हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको तथ्यांक अनुसार गतवर्ष जिल्लामा २६ हजार एक सय ७ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्षको उत्पादन कम हुनुका साथै खाद्यान्नको गुणस्तरीयतामा समेत कमी हुने भएको हो । रोपाई देखी नै मौसममा हुँदै आएको परिवर्तनका कारण धानको गणस्तरमा कमी आएको हो ।

पाकेर थन्काउने समयमा पनि मौसम बदीरहने भएका कारण उत्पादिन धानको गुणस्तर कम हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ८८ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको जिल्लामा मुख्य खेती हुने ठाउँहरुमा मौसमी फेरबदलका कारण किसानहरुलाई खेती उठाउन भ्याई नभ्याई भएको छ । यसरी हतारोमा थन्काईएको खेती पछिसम्म राख्नका लागि आवश्यक ताकक्रममा राख्नु पर्ने कृषि कार्यलयका अधिकारीहरुले बताएका छन् ।

कृषि विकास अधिकृत वासुदेव रेग्मीले पर्वत जिल्लामा विशेष गरी तीन समयमा धान उत्पादन हुने भएका कारण धान उठाउने समयमा पानी र असीना परेका कारण चामल राम्रो नहुने बताए ।

अविरल वर्षाले बागलुङ् म्याग्दी र पर्वत जिल्लाहरुका विभिन्न गाविसहरुमा धानवालीमा नोक्शान पुराएको समाचारहरु प्राप्त भैरहेका छन । कुन जिल्लामा के कति क्षती भयो भन्ने विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ