2026-06-19 04:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल राष्ट्र वैकका गभर्नर भन्छन्– हामी नेपाली कहिले कताको, कहिले कताको दास नबनौं

कार्तिक १६, पर्वत / मुलुकको अर्थतन्त्रको मियो मानिने नेपाल राष्ट्र वैकका गभर्नरले हामी नेपाली कहिले कताको, कहिले कताको दास नबनौ भनी आग्रह गरेका छन् । नेपाल राष्ट्र वैंकका गभर्नर डा. चिरंजीवि नेपालले भारतको नाकावन्दी पछि चीनतिर ईन्धन आपूर्तिको सम्झौता गर्नतिर लागेको अवस्थालाई इंगित गर्दै यस्तो भनाई राखेका हुन् । एक वित्तिय संस्थाको उद्घाटन गर्न आईतवार पर्वत आएका उनले हामी नेपाली स्वावलम्वन र आत्मनिर्भर हुने कि नहुने ? भनी प्रश्न तेर्साउदै यो नै सवैभन्दा ठुलो चुनौती भएको बताए ।
गभर्नर नेपालले संसारमा नेपाल जस्तै भूपरिवेष्ठित मुुलुकहरु ४९ वटा छन् तर सवै सम्पन्न र विकसित छन् तर हामी सम्पन्न हुन सकेनौ । अव हामी साँच्चै नेपाली हौ भने आर्थिकस्तरमा उठ्नै पर्छ भनी जोड दिए । भारतीय नाकावन्दीलाई गभर्नर नेपालले राष्टू निर्माणको अवसरको रुपमा लिनुपर्ने बताए ।
स्थानीय स्रोत र साधनलाई उपयोग गरी कहिले कताको र कहिले कताको दास बन्नबाट नेपालीहरु मुक्त हुनुपर्ने उनको तर्क थियो । उनले भने,(‘कहिले उत्तर र कहिले दक्षिणको भर पर्ने परिपाटी सदाका लागि अन्त्य गर्नतिर लाग्नुपर्छ ।’ मुलुकको आर्थिक विकास रेमिटान्सको भरमा हुन सक्दैन तर खाडीमा कमाएको रकमको सही सदुपयोग गरिनुपर्छ भन्ने गभर्नर नेपालको कथन थियो । विकट क्षेत्रमा बस्ने गरीव जनतालाई आर्थिक सेवा पुराई उद्यमशीलताको विकास गर्न गभर्नर नेपालले वित्तिय संस्थालाई सुझाव दिए ।

उनले सृजनशील र ईमान्दार उद्यमीलाई ऋण दिई साना र घरेलु उद्यमको विकास गर्न सुझाए । मुलुकमा केही छैन र केही भएन भनी विदेश पलायन हुने प्रवृत्ति त्याग्न सवैलाई आग्रह गर्दै गभर्नर नेपालले विदेशमा दोस्रो दर्जाको नागरिक भई बस्नुभन्दा नेपालमै पहिलो ग्रेडको सम्मानित नागरिक भई बस्न ठीक हुने राय व्यक्त गरे । नाकावन्दीको निहुँ पारेर १०० रुपैयामा पाइने सामानलाई १५० तिर्नु उपभोक्ताको मूर्खता हो भन्दै यस्तो प्रवृत्तिले आर्थिक अवस्था विग्रने चेतावनी गभर्नर नेपालको थियो ।

नाकावन्दीले नेपालीलाई दुःख भएको छ । यो दुःखलाई सहेर भएपनि आत्मनिर्भर बन्न सवैलाई आग्रह समेत उनले गरे । मुलुकमा ९ सय २ अर्व रकम संचिति रहेको उनको खुलासा थियो । पूर्व निर्वाचन आयुक्त प्रमुख निलकण्ठ उप्रेतीको वचनलाई हार्न नसकेर पर्वत आएको बताएका गभर्नर नेपालले जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन गरेका थिए ।

सो वित्तिय संस्थाको संस्थापक सदस्यमध्येमा उप्रेती समेत रहेका छन् । कुल पूँजी १० करोड रहेको वित्तिय संस्थाको प्रधान कार्यालय पर्वतको सदरमुकाम कुश्मामा स्थापना गरिएको छ । संस्थाको उद्घाटन कार्यक्रममा जिल्लास्थित जिल्ला प्रशासन कार्यालयका प्र्रमुख, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधि, उवासंघका अध्यक्ष लगायत संचारकर्मीहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो