Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रामेछापमा माटोको ढिस्कोमा पुरिएर इञ्जिनियरसहित २ जनाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

<p>&nbsp;चैत १, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका १ मा माटोको ढिस्कोले पुरिएर बुधबार २ जनाको मृत्यु भएको छ । सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका निवासी अन्दाजी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का अन्दाजी २५ वर्षीय राजु दुलालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।</p><p>लिखु हाइड्रोपावर र स्थानीयको लगानीमा खनिएको शिवालय वाम्ति सडकको बाटो नाप्ने क्रममा बुधबार साँझ माथिबाट माटोको ढिस्को खसेर उनीहरुको मृत्यु भएको जिप्रका रामेछापका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजकुमार थापाले जानकारी दिनुभयो ।उहाँले भन्‍नुभयो -" घटनास्थलबाट प्रहरी चौकी तथा हाइड्रो पावर समेत केही टाढा भएको कारण आधा घण्टापछि मात्र उद्धार टोली घटनास्थलमा पुग्यो र प्रहरी चौकी शिवालयबाट पुगेको प्रहरी टोली र हाइड्रोका कर्मचारी तथा स्थानीयबासी समेतको मद्दतमा उनीहरुको शव घटनास्थलबाट निकालियो। "</p><p>थापाका अनुसार दुवै शव पोस्टमार्टमका लागि बिहीबार विहान जिल्ला सदरमुकाम मन्थली ल्याइँदै छ ।</p><p>यता मन्थली नगरपालिका वडा नं १ आकाशेमा मंगलबार एक घरमा वायलडिङ गर्ने क्रममा करेन्ट लाग्दा सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ९ घर भएका ३५ बर्षिय भुपेन्द्र थापाको मृत्यु भएको थियो ।</p>