Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही जिल्ला अस्पतालमा अहेव गरेर ओजेटी गर्न आएका भरमा संचालन

२०७४, १ चैत्र बिहीबार ०८:०१

सरोज यादव | चैत १, सर्लाही | – सर्लाही जिल्लाकै ठूलो अनि प्रमुख अस्पताल सर्लाही जिल्ला अस्पतालमा  बिषेशज्ञ डाक्टर नहुदा जिल्लावासी बिषेशज्ञ स्वास्थ्य सेवाबाट बञ्चीत बनेका छन् | १५ जनाको दरबन्दी रहेको जिल्ला अस्पताल मलंगवामा अहिले अहेव गरेर ओजेटी गर्न आएका डाक्टरले धानेका छन् |

अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरु निजी क्लिनिकमा महँगो मुल्य तिरेर उपचार गराउन बाध्य भएका छन् | उपकरणहरु चलाउने दक्ष प्राविधिक नहुँदा जिल्ला अस्पतालमा रहेका एक्सरे र अल्ट्रासाउन्ड जस्ता उपकरणहरु प्रयोग विहिन अवस्थामा त्यसै थन्काएर राखिएका छन् | 

जिल्ला आस्पतालमै निशुल्क उपचार गराउनु पर्नेमा यस्ता समस्याले बिरामीहरु निजी क्लिनिकमा महँगो मुल्य तिरेर उपचार गराउन बाध्य भएका छन् | उपकरणहरु चलाउने दक्ष प्राविधिक नहुँदा जिल्ला अस्पतालमा रहेका एक्सरे र अल्ट्रासाउन्ड जस्ता उपकरणहरु प्रयोग विहिन अवस्थामा त्यसै थन्काएर राखिएका छन् |


एक्सरे मेसिन चलाउने प्राविधिक केही दिन अगाडी शाखा अधिकृतमा नाम निकालेर गएपछि एक्सरे मेसिन प्रयोग विहिन बनेको छ | उक्त अस्पतालमा अल्ट्रासाउन्ड चलाउने प्राविधिक हाल सम्म आएको छैन भने अस्पतालले आफ्नै हाता भित्र संचालन गरेको फार्मेसी पनि विकास समितिले न्युक्त गरिदिएको प्राविधिकको भरमै चलिरहेको बताइएको छ |

राज्यले सर्लाही अस्पतालको  मान्यता दिए पनि सोही अनुसारको जनशक्ति र प्रविधि उपलब्ध गराउन नसक्दा बिरामीमा अस्पताल प्रतिको बिश्वास घट्नुका साथै भएका जनशतिलाइ चाप बढी भएको सर्लाही अस्पताल मलंगवा मेडिकल सुपरीटेण्डेन्ट  संजिव सिंहले  बताउनुभयो |

कतिपय अवस्थामा जिल्ला अस्पतालमा सम्भव हुने समस्याहरु समेत जनशक्तिको अभावमा अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको सिंहको भनाइ छ |

जिल्ला भित्र सुविधा सम्पन्न भौतिक पुर्वाधार सहितको अस्पताल भएपनि बिषेशज्ञ सेवाको लागि जिल्ला बाहिर जानुपर्दा समस्या हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ | जिल्ला बाहिर तथा निजी अस्पतालमा जाँदा समयमै उपचार नपाइने,आर्थिक रुपमा समेत चर्को मार खेप्नु परेको उनिहरुको गुनासो छ |

मन्त्रालयको फितलो व्यवस्थाको फाइदा उँठाउदै जनताकै करबाट जागिर खाइरहेका डाक्टरहरुले जिल्लावासीको स्वास्थ्यमा थीगम्भीर खेलवाड गरीरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ