२६ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाच्छाका महिलाहरुद्वारा गाउँमै मैनवत्ती उत्पादन

२८ कार्तिक २०७२, शनिबार ०९:३३

कात्तिक २८, पर्वत / पर्वतको बाच्छाका महिलाहरुले तिहारमा सबैभन्दा बढि खपत हुने मैनवत्ती गाउँमै उत्पादन गर्न सक्षम भएका छन् । महिला सञ्जाल बाच्छाको आयोजनामा तालिम लिएका गाविसका महिलाहरुले मैनवत्ती उत्पादन गरेर यसपालीको तिहारमा गाउँभरिका घरहरु उज्यालो बनाएका छन् ।

बजार क्षेत्रमा र विजुली पुगेका ठाउँमा झल्लरको प्रयोग भएपनि अहिलेसम्म बिजुली नपुगेको बाच्छामा भने स्थानीय उत्पादन मैनवत्तीले गाउँ झिलिमिली भएको हो । महिला सञ्जालको आयोजनामा भएको तालिममा सहभागीहरुले यसैलाई व्यवसायिक बनाउने सोचका साथ घर घरमा उद्योग नै सञ्चालन गरेका छन् । गएको असारमा सातदिने तालिम लिएका महिलाहरुले गाउँमा उत्पादन गरेको मैनवत्ती बेचेर राम्रो आम्दानी गरेको महिला सञ्जाल वाच्छाकी अध्यक्ष डम्बरकुमारी गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार गाविसमा जाने लक्षित बर्गको बजेटले महिलाहरुले मैनवत्ती उत्पादन सम्बन्धी तालिम लिएर उद्यमी बनेका हुन् । गत असारमा प्रशिक्षक सीता केसी र राष्टिय उपभोक्ता मञ्च पर्वतकी अध्यक्ष सरिता भण्डारी सरुले उनीहरुलाई तालिम दिनुभएको थियो । तालिम लिएर अन्य ठाउँका महिलाहरुले यसरी व्यवहारमा उतारेका थिएनन् । बाच्छा गाविसका महिलाहरुले भने उद्यम नै सञ्चालन गरेपछि गाविस भरिका महिलाहरु तालिम लिएका महिलाहरु संग सीप सिक्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अपराधीले प्रहरीलाई टेर्न छाडे’ – प्रधानमन्त्री ओली अधिवक्ता त्रिपाठीमाथि आक्रमण: धरौटी तिर्न नसक्दा रास्वपा उपसभापति जैसी कारागार चलान, अन्य दुई जना छुटे मदन राईलाई बालयौन दुरूपयोगमा साढे दुई वर्ष कैद सजाय स्पेनबाट फेरि तीन नेपाली निष्कासित पर्यटक भिसामा नेपाल प्रवेश गरी धर्म प्रचारमा संलग्न १७ अमेरिकीसहित १८ जना विदेशी पक्राउ अधिवक्ता त्रिपाठीमाथि हातपात : रास्वपा जिल्ला उपसभापतिसहित तीन जनासँग धरौटी माग पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित, पाइन् स्कुटर महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद प्रदर्शन, आज पनि ७ विकेटले पराजित जस्टिन बिबर र हेलीको सम्बन्ध चिसियो, हेलीले मागिन् तीन सय मिलियन क्षतिपूर्ति सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस् ‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, दर्शकले अब १०० रुपैयाँमै हेर्न पाउने संसद्‍बाट रास्वपाको चेतावनी- रविको निलम्बन फुकुवा नगरे सरकारलाई महँगो पर्न सक्छ विपिन जोशीको रिहाइको माग गर्दै सभामुखले लेखे अरब संसद्‌लाई पत्र सिरिजको अन्तिम खेलमा थाइल्यान्डलाई नेपालले दियो ८२ रनको लक्ष्य स्टेजमा गाउँदा गाउँदै भक्कानिएपछि एलिनालाई ऋचाको पत्र अमेरिकी वायुसेनाकाे जहाज किन आयो नेपाल ? बलिउड अभिनेता सोनु सूदविरूद्ध पक्राउ पुर्जी जारी बंगलादेशमा युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ रवि लामिछानेलक्षित प्रकाशमानको टिप्पणी : विदेश छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? आफ्नो अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल