२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उज्जवल सहकारीको अध्यक्षमा अनिला श्रेष्ठ

२०७२, २ मंसिर बुधबार ०६:३८

मंसिर २, पोखरा / उज्जवल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा अनिला श्रेष्ठ निर्वाचित भएकी छिन । संस्थाको आठौ साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

ujwal

अधिवेशनले संस्थाको उपाध्यक्षमा तुमला श्रेष्ठ, सचिवमा नरेन्द्र बास्तोला र कोषाध्यक्षमा इन्दिरा शर्मालाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा योगराज पौडेल, रामजी प्रसाद पौडेल, विमला श्रेष्ठ, सीता पाण्डे र केशव वहादुर थापा निर्वाचित भएका छन । यस्तै लेखा सुपरिवेक्षण समितीको संयोजकमा बैकुण्ठ तिमल्सिना र सदस्यहरुमा बावुराम पन्त र कोकी मल्ल सर्वसम्मत चयन भएका छन ।

निर्वाचन कमिटीको संयोजकमा अधिवक्ता नरेश पौडेल र सदस्यमा संचारकर्मी कृष्ण आचार्य रहेका थिए । यसअघि साधारण सभाको उद्घाटन गर्र्दै प्रमुख अतिथी जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारी सहकारी बीच अस्वस्थ प्रतिस्पर्धा नगरी
राम्रो कुराको सिको गर्दै सहकार्य गरेर अगाडी वढ्नुपर्नेमा जोड दिए ।

अव सहकारीहरु आर्थिक कारोवारमा मात्र नभुलेर उत्पादनमुलक क्षेत्रमा प्रवेश गर्नुपर्ने उनको भनाइ थियो । सहकारीका अध्यक्ष दीनकुमारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार नारायण कार्की, महिला शेयर सदस्यको तर्फबाट तारा सापकोटा, सहकारीका निवर्तमान उपाध्यक्ष तुमला श्रेष्ठ, ऋण समितिका निवर्तमान संयोजक योगराज पौडेल ,शिक्षा समितीका निवर्तमान संयोजक इन्दिरा वराल, लेखा समिती संयोजक बैकुण्ठ तिमल्सिना, निर्वाचन कमिटीका संयोजक नरेश पौडेल, सदस्य कृष्ण आचार्य लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सहकारीका सचिव नरेन्द्र बास्तोलाले गरेका थिए । कार्यक्रममा प्रवेशिका परिक्षा उतीर्ण शेयर सदस्यका छोराछोरीलाई सम्मान गर्नुका साथै उत्कृष्ट वचतकर्ता , उत्कृष्ट ऋणी र कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो