Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 18, 2015 पर्बत - PBT, समाज

सरकारी कार्यालयनै डुब्लीकेशन गर्दै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २, पर्बत । एउटै विधामा एकै ठाउँमा एउटै कार्य गर्नको लागि पटक-पटक आफै डुब्लीकेशन गरेर सरकारी बजेटको दुरुपयोग गरिएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले कार्किनेटामा गत महिनाको २१ गते प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, प्रहरी नायब उपरिक्षक गंगा पन्तले त्यहाँको जनगुनासोको पोको बोकेर सदरमुकाम झरे । त्यही समस्याको बारेमा जानकारी लिन भन्दै स्थानिय विकास अधिकारी शिवप्रसाद रिजाल त्यसको हप्तादिनमा नै कात्तिक ३० गते जम्बो टोली लिएर सोही गुनासो संकलन गर्नको लागि त्यहाँ पुगे ।

यसरी एउटै कार्यको लागि जिल्लामा रहेका सरकारी निकाय एकै ठाउँमा पुग्नुले जिल्लामा सरकारी बजेटमाथि कर्मचारीनै लुटको खेती मच्चाउनको लागि तप्पर भएको प्रष्ट देखिन्छ । जिल्लामा अन्य गाविस र अन्य गाविसमा नागरिक नै नभएको जसरी एउटै क्षेत्रमा एकै खाले गुनासा संकलन गर्नको लागि सरकारी निकाय जम्बो टोली लिएर जानु कत्तिको ठिक हो ? यसको बारेमा छानविन हुनु आवश्यक छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले त्यहाँको समस्या बुझेर आवश्यक कदम चाल्ने बताएर फर्किएका थिए तर सोही क्षेत्रमा किन स्थानिय विकास अधिकारी रिजाल पुगे, एउटै कार्यक्रम, एउटै गुनासा र समस्या अनि छुट्टाछुटै बजेट लिएर ।

के एउटै शिर्षकको लागि छुट्टाछुट्रटै बजेट प्रयोग गर्न पाईन्छ र ? यदि पाइदैन भने सरकारी कार्यालयलेनै गरेको डुब्लीकेशनबारे कसले छानविन गर्ने ? यसको जवाफ कस्ले दिने ?