Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाग्लुङमा जिप दुर्घटनामा आठ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

<p>चैत ३, बागलुङ (रासस) | सदरमुकामदेखि कुश्मिसेरा जाँदै गरेको ध१प २९३ नंको पिकअप जिप आज साँझ बागलुङ नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा चालकसहित आठ यात्रु घाइते भएका छन् ।&nbsp;<br></p><p>घाइतेको धवलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी बताउनुभयो ।&nbsp;</p><p>घाइतेमध्ये दुईजनाको अवस्था जटिल रहेको र अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर जिप दुर्घटनामा परेको हो ।&nbsp;</p>