Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सार्वजनिक शौचालय उद्घाटन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत ४, सिराहा। खुल्ला दिशामुक्त नगर घोषणासँगै नगरक्षेत्र भित्र विभिन्न स्थानमा सार्वजनिक शौचालयलाई व्यवस्थित रुपमा संचालन गराउदै पूर्ण सरसफाई नगर बनाउनेतिर अगाडि बढ्ने सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रासद यादवले बताए ।

जिल्ला अस्पताल परिसरमा नवनिर्मित सार्वजनिक शौचालयको उद्घाटन गर्दै उनले नगरक्षेत्रभित्रका बासिन्दाहरुले आ–आफ्नो घरमा चर्पी निर्माण गरेर प्रयोगलाई नियमितता गरेको अनुगमनले देखाएपछि खुल्ला दिशामुक्त नगर घोषणा गर्न लागिएको जनाए ।

उनले खुल्ला दिशामुक्त र पूर्ण सरसफाई अभियानलाई बस्तुगत रुपमा पूर्ण सफलताका लागि सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय बनाउनुपर्ने अपरिहार्यतालाई स्वीकारेर नगरपालिकाले विभिन्न दातृ निकायसँग सहकार्य गर्दै नगरक्षेत्रभित्र सार्वजनिक शौचालय संचालनमा ल्याएको थपे ।

संचालनमा रहेको शौचालयलाई व्यवस्थित गर्ने सवालमा केही त्रुटि रहेको स्वीकार गर्दै उनले सम्बन्धित वडा तथा त्यहाँका बासिन्दाहरुसँगको सहकार्यमा देखा परेका समस्यालाई समाधान गर्नेतिर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘धेरै सार्वजनिक शौचालय ‘म’ हुनुभन्दा अगाडि नै बनेका छन् । त्यसको संचालन र व्यवस्थापनमा केही त्रुटि छन,’ उनले भने,‘नगरक्षेत्रभित्र बनेका सबै सार्वजनिक शौचालयलाई व्यवस्थित रुपमा संचालन र व्यवस्थापन क्रमिक रुपमा गरिनेछन् ।’ सार्वजनिक शौचालयलाई नोक्सान पुग्ने गरी कुनै पनि क्रियाकलाप गरेको फेला परेमा सम्बन्धित व्यक्तिलाई कडा कारवाही गरिने उनको भनाई छ ।

शौचालयको ढोका खोलेर सिरहा नगरपालिकाका मेयर यादवले उद्घाटन गरेको हो । सो अवसरमा वडा नं.१ का अध्यक्ष महेश कुमार यादव र वडा नं.७ का अध्यक्ष उपेन्द्र साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष नविन कुमार यादव लगायत सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

खानेपानी, सरसफाई तथा डिभिजन कार्यालय लहान सिरहाले निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेको सिनपाका वातावरण शाखाका प्रमुख सुरेश चौरवारले बताए ।