2026-07-24 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

खाँडादेवी गाउँपालिकाको राकाथुममा बर्थिङ सेन्टर संचालन


चैत्र ४, रामेछाप । रामेछापको खाडाँदेवी गाउँपालिका–१ राकाथुममा बर्थिङ सेन्टर (प्रसुती सेवा) सञ्चालनमा आएको छ । युनिसेफको ८२ लाख सहयोगमा एक बर्ष अघि निर्माण कार्य सुरु भएको बर्थिङ सेन्टर  बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । चार वटा कोठा रहेको भुकम्प प्रतिरोधी भवन निर्माण भएसँगै अहिले गाउँका गर्भवती महिलाहरुले सुविधा पाउने भएका छन् । २४ सै घण्टा सेवा दिने उदेश्यको साथ बर्थिङ सेन्टर स्थापना भएको हो ।



हस्तातरण कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बर्थिङ सेन्टर स्थापना भएसँगै गाउँमै सेवा सुविधा उपलब्ध हुनु सुखद पक्ष रहेको बताउनुभयो । उहाँले निर्माण कार्यमा सहयोग गर्ने युनिसेफलाई धन्यवाद दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश साह, युनिसेफका सरोज पण्डित, दिपेन्द्र महर्जनले बर्थिङ सेन्टर निर्माणको सहज रुपमा सेवा उपलब्ध गराउने धारणा व्यक्त गरेका थिए ।


कार्यक्रममा खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत ओमप्रकाश श्रेष्ठ, वडा सचिव रामकृष्ण अर्याल, वडा सदस्यहरु, स्वास्थ्य स्वयम् सेविका, स्थानीयहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक