३० कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्याँस पाईने हल्लामा ५ सय सर्वसाधारणको लाईन

१० मंसिर २०७२, बिहीबार ११:२२

gyasko line copyमङ्सिर १०, पर्वत । पर्वतको सदरमुकाम कुश्मामा हल्लाकै भरमा ग्याँस आयो भनी ५०० बढी सर्वसाधारणको लाम लाग्यो ।

कसैले हल्ला फैलाई दिदा सर्वसाधारणले दुःख पाए । विहान उठ्न नपाउदै रित्तो सिलिण्डर काँधमा बोकेर बडागाउँतिर हिड्नेको संख्या ठुलो थियो । सर्वसाधारणहरु हस्याङफस्याङ गर्दै दौडिएका थिए । यसरी दौडनेमा दुधे केटाकेटीहरु काखमा च्यापेका महिलाहरु समेत देखिन्थे । हुनेले मोटरसाईकलमा लगेका थिए भने कसैले रिक्सा खोजेर सिलिण्डर ओसारेका थिए ।

मोटर साइकलमा बोक्नेहरुले सिलिण्डर दुई वटा सम्म बोकेर हतारो गरी हाँक्दा दुर्घना हुने हो कि भन्ने त्रास थियो । सिलिण्डर ओसार्न नीजि गाडी समेत प्रयोग भएको देखिन्थ्यो । हल्लाकै भरमा उपभोक्ताहरुको लामो लाम कसरी भयो ? यसको उचित जवाफ आधिकारिक निकायसँग छैन । एकाएक विहिवार विहान ४ बजेदेखि उपभोक्ताहरु लाईनमा बसेको उपभोक्ताहरुकै भनाई थियो ।

रित्तो ग्याँस सिलिण्डर हातमा लिएर लागेको सर्वसाधारणको लाम बडागाउँमा रहेको चण्डीका शसस्त्र प्रहरी गणदेखि जिल्ला हस्पिटलसम्म देखिन्थ्यो । ग्याँस आएको आधिकारिक सूचना विना नै सर्वसाधारणको भिड लागेको थियो । विहान ७.३० सम्ममा ५०० जना उपभोक्ताहरु ग्याँस पाईने आशामा लाईन बसिसक्दा समेत जिल्ला प्रशासनले कुनै पत्तो पाएन । सर्वसाधारण लाईनमा बसेकोबारे प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई विहान ७.३० बजेतिर जिज्ञासा राख्दा उनले भने,–‘मैले पनि भर्खरै थाहा पाएको छु ।

लाईनमा झगडा भएको छ भनि प्रहरी खटाईएको छ ।’ प्रजिअ ढकालले ग्याँस आएको छ भनी अफवाह फैलाउनेको खोजी गरी कारवाही गर्ने बताए । यसअघि मंगलवार जिल्ला प्रशासन कार्यालयको पहलमा ३०० वटा आधा ग्याँलभरिएका सिलिण्डर सर्वसाधारणलाई विक्रीवितरण गरिएको थियो । चण्डीका शसस्त्र प्रहरी गणबाट यसअघि वितरण गरिएको आधा सिलिण्डर ग्याँसमा कर्मचारीहरुले ५० वटा राखिएको भन्ने सर्वसाधारणको गुनासो रहेकोमा जिल्ला प्रसासनले भने ठाडो अस्वीकार गरेको छ ।

प्रजिअ ढकालले पारदर्शी रुपमा पर्वत भित्रिएको सिलिण्डर ग्याँस उपभोक्ताहरुलाई वितरण गरिएको दावी गरेका छन् । भारतीय नाकावन्दीका कारण सर्वसाधारणको चुल्हो निभेको महिनौ भईसक्यो । नाकावन्दीको करीव तीन महिनापछि जिल्ला प्रशासनको पहलमा सिलिण्डर ग्याँस वितरणको प्रयासलाई सर्वसाधारणले सकारात्मक लिएको पाईएको छ । वितरणलाई पारदर्शी र सरलढंगले गरिनुपर्ने सर्वसाधारणको राय छ । भारतीय नाकावन्दीपछि जिल्लामा रहेका सर्वसाधारणका ग्याँस चुल्हो निभेको छ ।

दाउरामा खाना पकाउन थालिएको महिनौ भएको छ । अहिले बजार क्षेत्रमा मात्र ५हजार वटा ग्याँस सिलिण्डरको आवश्यकता देखिएको जिल्ला प्रशासनको अनुमान छ । पर्वतेलीका लागि एउटा खुशीको खवर भने छ । त्यो के भने अव केही दिनमा सुनौलीबाट शक्ति ग्याँसको एक बुलेट गाडी पर्वत भित्राउने प्रयास गरिदै गरेको प्रजिअ ढकालको भनाई छ । यसअघि वितरण गरिएको गृहलक्ष्मी ग्याँस कम्पनिको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार हसिना मुद्दाको विरोधमा अवामी लिगद्वारा आह्वान गरिएको ‘लकडाउन’ ले बङ्गलादेश ठप्प बालबालिकाको निःशुल्क मुटु परीक्षण प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट संसद् पुनस्र्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा गौतमको दुईमहिने कार्ययोजना बिहार राज्य चुनावमा प्रधानमन्त्री मोदीको गठबन्धन अगाडि विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी किएभमा ‘ठूलो’ रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री सुनचाँदीको मूल्यमा सामान्य गिरावट