2026-09-19 08:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यसरी आयो २६ बर्षपछि बागलुङ बलेवामा जहाज

चैत्र ५, पर्वत । पोखरा यस्तो सहर हो, जहाँ गाडीभन्दा पहिले जहाज आएको थियो । २०२८ सालमा खुलेको पृथ्वी राजमार्गबाट गाडी आउनु २० वर्षअघि २००८ सालमा तत्कालिन गृहमन्त्री विश्वश्वेरप्रसाद कोइराला र यातायातमन्त्री गशेणमान सिंह जहाज चढेर पोखरा ओर्लिएका थिए ।

पोखराजस्तै अर्को ऐतिहासिक ठाउँ हो, बागलुङको बलेवा । जहाँ भूपी शेरचन राजमार्ग खुल्नुभन्दा २६ वर्षअघि नै बागलुङको बलेवा विमानस्थलमा जहाज आएको थियो । पोखरा र बागलुङमा यति फरक हो कि पृथ्वीराजमार्ग खुले पनि पोखरा विमानस्थल चलिरहृयो तर पोखराजस्तो यात्रुको आउजाउ नहुने बलेवा बिमानस्थल बन्द भयो । पोखरा(बागलुङ सडक बनेपछि २०४८ सालमा बलेवा विमानस्थल बन्द भएको थियो ।

बन्द विमानस्थल सञ्चालन गर्न थुप्रै पटक पहल भयो तर पनि बलेवाको मैदानमा जहाज आउन सकेन । अहिले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि फेरि विमानस्थलको चर्चा सुरु भयो ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर विमानस्थल सञ्चालनमा ल्याउने सहमति नै गराए । फलस्वरुप विमानस्थल निरीक्षण गर्न प्राविधिक टोलीनै आयो र सोमबार देखि नियमित उडान भर्ने योजना सहित २६ बर्षपछि पहिलो पटक जहाज पुनः बाग्लुङ बलेवा विमानस्थलमा अबतरण गरेको छ ।

निरिक्षण टोलीले गरेको सर्वे अनुसार चैत्रको पहिलो सातामा ‘सामान्य मर्मत, आसपासका रुख र उडड्यन उपकरणहरु राखे उडान भर्न सकिने बताएको थियो । सोही अनुसार काम भयो सोमबार जहाजले आफ्नो अबतरण गर्यो ।

प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारीको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरण पोखराका इन्जिनियर इन्द्रराज ओझा र सञ्चार तथा उड्डयन सहायक विभागका इन्जिनियर ताराकान्त शाहले उक्त विमानस्थलको निरिक्षण गरेका थिए । नागरिक उड्ययन प्राधिकरणका प्रबन्धक इन्द्रराज अधिकारीले विमानस्थल सञ्चालनको समस्या नदेखिएको सहारापाटीलाई बताए ।

जहाजमा पोखरादेखि १३ मिनेटमै बलेवा विमानस्थल पुग्न सकिन्छ । बलेवा विमानस्थल पहाडी उडानका लागि महत्वपूर्ण गन्तव्य मानिएको छ । यही विमानस्थल हुँदै बागलुङ कालिका, ढोरपाटन, म्याग्दी, मुस्ताङ र पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीसमेत पुग्न सकिने भएकाले आन्तरिक तथा बाहृय पर्यटकलाई सहयोगी बन्ने मेयर जनकराज पौडेलले सहारासँग बताए ।

बलेवा विमानस्थलबाट पोखरा, भैरहवा, काठमाडौं र जोमसोमलगायतका सहरमा जहाजले उडान सञ्चालन गर्दै आएका थिए । यो विमानस्थल हाल खेलमैदान र गौचरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई