2026-10-15 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा दुई सय ८० जना एसइइ परीक्षा दिनबाट बञ्चित

चैत ६, सुर्खेत | चैत ८ गतेबाट देशभरमा सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइइमा सुर्खेत जिल्लाका दुई सय ८० जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र केही विद्यार्थीले राजश्व नबुझाएका कारण परीक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले जानकारी दिएका छन् ।

सोमबार वीरेन्द्रनगरमा आयोजित कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइइका केन्द्राध्यक्ष र अनुगमनकर्ताहरुका लागि अभिमुखी कार्यक्रममा शाहले सो कुराको जानकारी दिएका हुन् ।जिल्ला शिक्षा अधिकारी शाहले जिल्लाका ३० विद्यालयका विद्यार्थीहरुले यस वर्ष नियमित तर्फ सात हजार १ सय ७४ र एक्जेमटेड तर्फ आठ सय १८ जना गरी जम्मा सात हजार ९ सय ९२ जना विद्यार्थीले परीक्षा दिने जनाकारी दिए ।

जिल्ला शिक्षा अधिकारी शाहका अनुसार २०७३ सालमा नियमित तर्फ ६ हजार नौ सय ४५, एक्जेमटेड तर्फ दुई सय ७८ र ग्रेडबृद्धिमा उन्नाइस सय ७ जना विद्यार्थी गरी जम्मा नौ हजार १ सय ३० विद्यार्थीले एसइइ परीक्षा दिएका थिए ।साथै जिल्ला शिक्षा कार्यालय सुर्खेतले माध्यमिक शिक्षा परीक्षा एसइइका सरोकारवालाहरुका लागि पालना गर्नुपर्ने ३७ बुंदे आचार सहिंता जारी गरेको छ ।जिल्ला शिक्षा कार्यालय सुर्खेतले जिल्लाका ३० वटा विद्यालयका केन्द्राध्यक्षहरुलाई आचारसहिंताका बारेमा जानकारी दिएको हो ।

कार्यालय सुर्खेतले माध्यमिक शिक्षा परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सुसम्पन्न गर्न शिक्षा ऐन, २०२८ (संशोधनसहित), शिक्षा नियमावली २०५९(संशोधनसहित), एसइइ परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ (संशोधनसहित) लगायत अन्य प्रचलित नियम, ऐन–कानुन, नितिगत, व्यवस्था एवम निर्देशनहरुको अनिवार्य रुपमा पालना गर्ने गराउने सन्दर्भमा परीक्षासँग सम्बन्धित सवै सरोकारवालाहरुका निमित्त लागु हुने गरी सो आचार संहिता जारी गरेको हो ।

कार्यक्रममा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले विगतका परीक्षा जस्तै यस वर्ष पनि एसइइ परीक्षालाई मर्या्दित र अनुशासित बनाएर सम्पन्न गर्न केन्द्राध्यक्षलाई आग्रह गरे । उनले प्रत्येक विद्यालयमा केन्द्राध्यक्षलाई आचारसंहिता पालना गर्दै अनुशासितका साथ परीक्षा सम्पन्न गर्नुपर्ने जनाए

यस्तै जिल्ला परीक्षा समन्वय समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जिल्लामा एसइइ परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सम्पन्न गर्नका लागि प्रत्येक केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने