2026-09-18 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मल आयात भएपछि कृषकलाई राहत

मङ्सिर १३, पर्बत । भारतीय नकाबन्दीका कारण इन्धन, औषधी, ग्यास, रासायनीक मल लगायतका अत्यावस्यक सामानहरुको निकै अभाव भैरहेको वेला यहाँको एक सहकारीले रासायनीक मल आयात गरी विक्री वितरण गरेको छ ।

पर्वत कुश्माको ग्रामिण विकास कृषि सहकारी संस्थाले साल्टट्रेडिङ्ग कर्पोरेसन बागलुङ मार्फत आयत भएको रासायनीयक मल युरिया र कृषि समाग्री कम्पनी लि. पर्वत मार्फत आयत भएको डिएपी मल जिल्लामा भित्रायाइ विक्रीवितरण गरेपछि जिल्लाका किसानहरुलाई राहत मिलेको हो ।

अघिल्लो हप्ता जिल्ला प्रशासन कार्यालय पर्वत र उद्योग वाणिज्य संघको पहलमा सर्वसाधारणका लागि ग्यास भित्रीँदा केही मात्रामा भएपनि राहतको महशुस भएको थियो भने यस हप्ता ग्रामिण विकास कृषि सहकारी संस्थाको पहलमा जिल्लामा आउन नसकेको रासायीनक मल आयात भएको थियो ।

जिल्लाका विभिन्न निकायको समन्वय र सहयोगमा पर्वत जिल्लामा रासायनीक मल भित्रीन सफल भएको सहकारीले जनाएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि सामाग्री कम्पनी पर्वतका प्रमुख, साल्टटे«डिङ्ग कर्पोरेसन बागलुङका प्रमुख एवं जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख लगायतको समन्वय तथा सहयोगमा जिल्लामा रासायनीक मल उपलब्ध गराइएको ग्रामिण विकास कृषि सहकारी संस्थाका अध्यक्ष राजु शर्माले बताउनुभयो ।

विगतको तुलनामा यस वर्ष १ तिहाई मात्र रासायनीक मल जिल्लामा आयात भएको हो । यसरी ग्रामिण विकास कृषि सहकारी संस्थाले साल्टटे«डिङ्ग कर्पोरेसन बागलुङको पहलबाट ३ सय ६० बोरा युरिया मल र कृषि सामाग्री कम्पनी पर्वतको पहलमा बिरगंजबाट ४ सय २० बोरा डिएपी मल आयत गरिएको सहकारीका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

रासायीनक मल पाउँदा सर्वसाधारण कृषकहरु खुसी छन् । आलु, गहुँ, तोरी लगायतको खेती गर्ने सिजनमा नाकाबन्दीका कारण इन्धन अभाव भएछि ढुवानी लगायतका विभिन्न समस्याका कारण रासायनीक मल जिल्लामा भित्रीन सकेको थिएन । रासायीनक मल भित्राउन समस्या भैरहेको समयमा अहोरात्र खटेर जिल्लामा रासायनीक मल भित्राइएको सहकारीले जनाएको छ ।

त्यसैगरी जिल्लाको मनकामना बचत तथा ऋण सहकारीले पनि रासायनीक मल आयत गरी कृषकहरुलाई विक्री वितरण गरेको बताइएको छ । कृषि सामाग्री कम्पनी लि. पर्वतका प्रमुख नारायण प्रसाद शर्माका अनुसार कृषि सामाग्री कम्पनी लिको पहल र सहकारीको लागानीमा जिल्लामा मल भित्राएर कृषकहरुलाई उपलब्ध गराइएको हो ।

जिल्लामा आएको युरिया मलको प्रति केजी २८ रुपैंयाका दरले र डिएपी ५८ रुपैंयाका दरले विक्री वितरण गरिएको सहकारीले जनाएको छ । उक्त मल धौलागिरीका बाग्लुङ, म्याग्दीमा समेत निर्यात गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई