२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँच महिनामा ५० भन्दा बढी हिंसाका उजुरी: प्रहरी

१५ मंसिर २०७२, मंगलवार १०:४४

मंसीर १५, पर्वत । पर्वत जिल्लामा पाँच महिनामानै ५० भन्दा बढी विभिन्न प्रकृतिका हिंसाका उजु्री परेको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला बिकास समितिको कार्यालय पर्वतको सहयोगमा महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत सातौ दिन गरेको हिंसा न्युनिकरण एवम् अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम प्रनाउ गंगा पन्तले प्रस्तुत गरेको प्रतिबेदनले जिल्लामा ५० भन्दा बढी हिंसाका घटनाहरु प्रहरीमा उजरी परेको देखाएको छ ।

घरेलु हिंसाका साउनमा ६, भाद्रमा १२, आश्विनमा ११, कात्र्तिकमा १ र मंसिरमा ३ गरी ३३ वटा घरेलु हिंसाका उजुरी परेको तथ्याङ्कले देखाएको छ जसमध्ये २० वटा घरेलु हिंसाको मिलापत्र भएको देखाइएको छ । त्यसैगरी ठाडो उजुरी तर्फ भाद्रमा ५, असोजमा ३, कात्र्तिकमा ३ र मंसिरमा १ गरी ११ वटा घटना दर्ता भएको र जसमध्ये ११ वटै समधान भएको देखाइएको छ त्यसैगरी आर्थिक बर्षमा जिल्लामा १७ जना महिला र १० बालिका र ३ बालक हराएको घटना दर्ता भएको प्रहरीसँग तथ्याङ्क छ ।

जसमध्ये ८ महिला ३ बालक र बालिका सहित १ मृत बालिका फेला परेको प्रहरीको तथ्याङ्क छ । प्रहरीको तथ्याङक हेर्दा भाद्र महिनामा हिंसाका घटना बढेको देखाइएको भने आसोजमा २ ले घटेको छ । प्रहरी नायव उपरिक्ष गंगा पन्तले जिल्लामा महिला हिंसाका घटना प्रहरीमा दर्ता गराउन आउने तर पछि आफै मिलापत्र भयो भनि दर्ता नगर्ने वा फिर्ता लिने भन्दै आउने गरेको समेत बताईन । प्रहरीमा घटनाको दर्ता गराउन आउँदा उल्टै प्रहरीबाट संकट पैदा हुने हो की भन्ने डरले पनि घटना दर्ता गर्न आउनेको संख्यामा पनि कमी भएको हो की भन्ने प्रहरीको अनुमान रहेको उनको भनाई थियो ।

दुई बर्षमा २३ घटना दर्ता
महिला तथा बालबालिका कार्यालयमा दुइ बर्षमा २३ वटा हिंसाका घटना दर्ता भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख सत्यदेवी अधिकारीले बताएकी छिन् । पर्वत जिल्लामा दुइ बर्षको अवधीमा विभिन्न प्रकृतिका २३ वटा घटना दर्ता भएको उनको भनाई छ । आर्थिक बर्ष २०७२÷७३ को पाँच महिनाको अन्तरालमा कुनै पनि हिंसाका घटना महिला तथा बालकालिका कार्यालयमा दर्ता नभएको अधिकारीले जानकारी दिईन । “ आ.वमा कुनै पनि हिंसाका घटना दर्ता भएका छैनन् तर दूइ वटा मौखिक घटना आएको छ” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा सुनार पक्राउ