2026-06-28 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रत्येक सफल कामको पछाडी महिलाको हात हुन्छ: प्रवउ जोशी

मंसिर १५, पर्वत । “प्रत्येक सफल कामको पछाडी महिलाको हात” हुने धौलागिरी प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक छविलाल जोशीले बताएका छन् । महिलाकै कारण पुरुषले सफलता हासिल गरेको बताउँदै जोशीले लिङ्गका आधारमा गरिने हिंसा महापाप भएको बताए । प्रहरीको तथ्याङकमा महिला हिंसाका घटना बढेको देखिएता पनि बास्तविक त्यस्तो नरहेको र महिला हिंसाविरुद्धमा महिला सचेत भै आवाज उठाउन र न्यायको खोजी गर्न थालेको उनले बताए ।

पछिल्लो समयमा प्रहरी संगठनभित्र रहेका केही व्यक्तिले महिला हिंसा गरेको स्वीकार गर्दै त्यस्ता व्यक्तिलाई “दूधबाट माँखो” निकाले फाले जसरी नै फाल्ने उनको तर्क छ । प्रहरी र जनताको सम्बन्ध पछिल्लो समयमा घनिष्ट हुदै गएको बताउँदै जोशीले अब नागरिकले प्रहरीलाई समाजमा कसरी व्यवस्थीत रुपमा शान्ति सुरक्षा स्थापना गर्दा सहज हुन्छ त्यही अनुरुप प्रहरीलाई परिचालन गर्न सकेमा कार्य गर्न सहज हुने बताए ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लामा रहेका विभिन्न संघसंस्थाका महिलाहरु सहभागी भएका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले महिला हिंसाका घटना दर्ता गर्न खोज्दा महिला थप पीडित हुनुपर्ने बाध्यता रहेको जिकिर गरे । बक्ताले एउटै प्रकृतिको मुद्दामा पनि सरकारी वकिल र वकिल विच पनि भिन्नता हुने रहेको बताए । सरकारी वकिलले लडेका मुद्दा हार्ने र अन्य वकिलले लडेका मुद्दा जित्ने गरेको बताए ।

त्यसैगरी प्रहरीभित्र पनि महिला हिंसाको जालो मौलाएको वक्ताले आरोप लगाए । प्रहरी संगठन भित्र रहेका व्यक्तिहरुले बहुविवाह गर्ने र उजुरी गर्न खोज्दा उल्टो मार्ने धम्की दिने तथा प्रलोभनमा पार्ने गरेको समेत बताए । मानवअधिकार कर्मी सिता केसी, सामुदायिक प्रहरी सेवा केन्द« उपाध्यक्ष सरिता भण्डारी , संचारकर्मी सरस्वती शर्मा , समाजसेवी अमुना आचार्य, मनरुपा सुबेदी, सिता परियार, केशा परियार र मुस्लिम समाजबाट करिना खातुनले लैङगिक हिंसा बारे आआफ्नो भनाइ राखेका थिए भने उक्त अन्तरक्रिया कार्यक्रमको संचालन प्रहरी सहायक निरीक्षक बिकास तिमिल्सेना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी