Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरहामा एसईई परिक्षाको तयारी पुरा, ९ हजार ८ सय ७७ विद्यार्थी सहभागी हुँदै

By kit 4 मिनेट पढाइ

राम नारायण पंडित/सिरहा ७, फाल्गुन। चैत ८ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी सिरहामा पुरा भएको छ ।

परीक्षामा सिरहा जिल्लाबाट रेगुलर तर्फ ९ हजार २ सय ८४ र एग्जामटेड तर्फ ५ सय ९३ परीक्षार्थीहरु सहभागी हुँदैछन् । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले परीक्षाको सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिँदै उत्तरपुस्तिका, प्रश्न पत्र र आवश्यक कागजातहरु जिल्लाका सबै ३८ परीक्षा केन्द्रमा पठाई सकिएको जानकारी दिए ।

जिल्लाका ७६ सामुदायीक र ५७ संस्थागत विद्यालय सहित एक सय ३३ विद्यालयका रेगुलर तर्फ ९ हजार २ सय ८४ र एग्जामटेड तर्फ ५ सय ९३ गरी जम्मा ९ हजार ८ सय ७७ परीक्षार्थीहरु सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि ३८ परीक्षा केन्द्र तोकिएको छ । मर्यादित तथा व्यवस्थित रुपमा परिक्षा संचालन गर्न सुरक्षा तथा अन्य सम्वेदनशिलतालाई ख्याल गरी परीक्षा केन्द्र तोकिएको जनाएको छ । जसमध्ये  ३६ केन्द्र रेगुलर विद्यार्थी र २ वटा केन्द्र एक्जामटेड विद्यार्थीका लागि तोकिएको जिल्ला शिक्षा कार्यालय सिरहाले जानकारी दिएको छ । परीक्षा संचालनका लागि ३८ केन्द्राक्ष्यक्ष, ४९ सहायक केन्द्राध्यक्ष, ४ सय १४ निरीक्षक र २ सय १५ सहयोगी गरेर सुरक्षाकर्मी बाहेक झण्डै ७ सय १६ कर्मचारी खटाइदैछ । सुरक्षा केन्द्रका लागि हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मी खटिनेछन् ।विगतका वर्षहरुमा रेगुलर र एक्जामटेड दुवैलाई एकैठाउँ मिसाएर परीक्षा लिएपनि यो वर्ष छुट्टाछुट्टै रुपमा लिने व्यवस्था मिलाएको हो ।

सिरहाबाट यो वर्ष ६५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिन नपाउने भएका छन् । निर्धारित समयमा परीक्षा फर्म नभरेका, फर्ममा त्रुटी देखिएका, समयमा राजश्व नबुझाएका र ७५ प्रतिशत हाजिर नपुगेका ६५ जना विद्यार्थी परीक्षामा सामेल हुन नपाउने जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।

गतवर्ष २०७३ मा सिरहाबाट नियमित, एक्जामटेड र ग्रेड बृद्धि गरेर १० हजार ९ सय ३५ जना परीक्षामा सहभागी भएका थिए ।