मिर्चैया नगरपालिका बडा नं."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मिर्चैया नगरपालिका बडा नं."/>

२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ओडिएफ घोषणा भएको स्थानमै सार्वजनिक शौचालयमा ताला

२०७४, ७ चैत्र बुधबार ०८:२५

राम नारायण पंडित/चैत ७, सिरहा। सिरहाको मिर्चैयामा रहेको सार्बजनिक शौचालय संचालन नहुँदा सर्वसाधारणलाई सास्ती भोग्नु परेको छ । 


मिर्चैया नगरपालिका बडा नं. ६ मा रहेको पक्की सार्वाजनिक शौचालाय व्यवस्थापनको अभावमा अझै सञ्चालनमा आउन सकेका छैन् । मिर्चैया नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएपनि  व्यस्त बजार कटारी चौकमा बनाईएको शौचालयमा ताला लागेको छ । 

यात्रुहरुको चाप हुने स्थानमा सुबिधाको लागि बनाईएको शौचालयमा सरोकारबालाको चरम लापरबाहीका कारण ताला झुन्डिँदा यात्रुहरुलाई आपत पर्ने गरेको छ । शौचालय निमाण भएको महिनौ बित्दापनि सञ्चालन आउन सकेका छैन् । शौचालय प्रयोग विहिन भएपछि बजारमा ब्यापार ब्यबसायी गर्ने देखि लिएर बाहिरवाट मिर्चैया बिभिन्न कामले आउनेहरुलाई असहज हुने गरेका छन् । सार्वजनिक शौचालय संचालन नहँुदा यात्रुहरु जथाभाबी शौच बाध्य भएका छन् । नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएपनि सार्बजनिक शौचालय संचालन गर्न कसैको ध्यान जान सकेको छैन् ।

देशमा संघियता आएपछि घरघरमा सिंहदरबारको नारा लागेपनि जनताले महसुस गर्न सकेका छैन् । राष्ट्रिय सरसफाई गुरु योजनाको भावना र मर्म अनुरुप मिर्चैया नगरपालिका माघ १२ गते नै खुल्लादिसा मुक्त क्षेत्र घोषण भइसकेको छ । 

यता, बडा नं. ६ का बडा अध्यक्ष देबकृष्ण साहले शौचालयको सरसफाई पश्चात तालाबन्दी गरी राखिएको बताए । शौचालय संचालनका लागि समिति बनेपछि तालाबन्दी खोल्ने जनाएको छ । उनले भने “अहिले शौचालय खोल्दा फोहोर हुने भएकोले समिति गठन भएपछि दुई हप्ताको भित्रमा काम सुरु हुनेछ, त्यसपछि शौचलय संचालनमा आउनेछ ।” शौचालय संचालनका लागि बजेट समेत छुट्याईएको बडा अध्यक्ष साहले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु