Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मकैमा दाना नलागेपछि किसान मारमा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ७, कलैया | हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् ।

बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन्् । कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ ।

मकैको घोगामा दाना नलागेपछि यसवर्ष करिब २७ हजार ४५६ मेट्रिक टन मकै उत्पादनमा कमी हुने जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो । यस वर्ष किसानले कूल हिउँदे मकै चार हजार ६३५ हेक्टरमा हाईब्रिड जातका पाइनियर ३५२२, ३७८५ र बिस्को ९४० जातका मकै लगाउनुभएको छ ।

बाराको सिमरा, डुमरवाना, फत्तेपुर, इनर्वाशिरा, निजगढ, रतनपुरी, कोल्हवी, सपही, नरही, सिम्रौनगढ, वरियापुर र सुखि पथरामा करिब तीन हजार ५२० हेक्टरमा लगाइएको मकैको घोगामा दाना नलागेका साहले बताउनुभयो । गतवर्ष कृषकले चार हजार ६५३ हेक्टरमा खेती गरी प्रति हेक्टर ७ दशमल ८० मेट्रिक टनका दरले ३६ हजार १५३ मेट्रिक टन हिउँदे मकै उत्पादन गरेका थिए । रासस