Skip to content
Friday, July 17, 2026 Nepali Online Media

धनुषामा एक पुरुषको शव फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ८, धनुषा | धनुषामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । जनकपुर–ढल्केबर सडकखण्डमा फेला परेको उक्त शवको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार फेला परेको शव जनकपुर उपमहानगरपालिका– ९ बस्ने ४८ वर्षीय रेवतीरमणलाल कर्णको रहेको छ ।

बिहान ५.३० बजे सडकमै कर्णको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको गालामा सामान्य चोट बाहेक कतै कुनै घाउचोट छैन ।

मृतकको गालामा चोट देखिएकाले मर्निङवाकमा रहेको बेला कुनै सवारी साधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रासस