तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाण"/>

२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको बलेवा विमानस्थलमा व्यावसायिक उडान शुरु

२०७४, ९ चैत्र शुक्रबार १२:३७

रामबहादुर थापा/चैत ९, बागलुङ | बन्द भएको २६ वर्षपछि यहाँस्थित बलेवा विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ । 


तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाण्डौ–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाण्डौबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो । 

बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्कासहित जनप्रतिनिधि र स्थानीयवासीले बाजागाजासहित यात्रुको स्वागत गरेका थिए । विमान चालक सञ्जीव श्रेष्ठले विमान उडाउँदा सहज र रमाइलो अनुभव भएको बताउनुभयो । “नियमित उडानका लागि विमानस्थल ठीक छ”, उहाँले भन्नुभयो, ‘मौसम पनि राम्रो भएकाले उडान रमाइलो रह्यो ।” यसअघि सोमबारको परीक्षण उडान पनि श्रेष्ठलगायतको चालक टोलीले गरेको थियो । विमानस्थल नियमित सञ्चालन गर्न कुनै प्राविधिक समस्या नरहेको उहाँको भनाइ छ । 

पहिलो उडानमा यात्रा गर्नुभएका बागलुङ नगरपालिका–३ का ८० वर्षीय कृष्णप्रसाद सापकोटाले खुशी व्यक्त गर्दै भन्नुभयो, “उपचारको लागि काठमाडौं गएको थिएँ, आज एकै छिनमा जहाज चढेर घर फर्कन पाइयो ।” 

बन्द भएर जीर्ण विमानस्थल चल्नु ठूलो उपलब्धि भएको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका प्रबन्धक इमनाथ अधिकारीले तत्कालका लागि सामान्य मर्मत सुधार गरेर विमानस्थल सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो । 

विमानस्थलको भौतिक पूर्वाधारको अवस्था पनि कमजोर अवस्थामा रहेको उहाँको भनाइ छ । अबदेखि साताको दुई पटक नियमित रुपमा काठमाडौं–बागलुङ उडान हुने जनाइएको छ । दोस्रो व्यावसायिक उडान यही चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्ने भएको छ । नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति यसअघि नै भएको थियो । 

हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “विमानस्थल सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि सबै पक्षको सहयोगको खाँचो छ”, प्रमुख पौडेलले भन्नुभयो । 

उन्नाइस सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए नगरपालिकाले भार व्यहोर्ने भएको छ । यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताउनुभयो । विसं २०४८ मा बन्द विमानस्थल पछिल्लो समय गौचरणमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । विसं २०२२ मा निर्मित विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो