२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नाकाबन्दीका कारण देशव्यापी रुपमा उर्जा संकट

६ पुष २०७२, सोमबार ०९:४६

पुस ६, पर्वत । भारतले लगाएको नाकाबन्दीका कारण देशव्यापी रुपमा उर्जाको संकट पैदा भएको छ । जसका कारण सर्वसाधरण त्यसको प्रत्यक्ष मारमा पर्दै आएका छन् ।

सरकारी तथा गैरसरकारी निकायलाई भारतले लगाएको नाकाबन्दीले कुनै असर पारेको छैन तर आम सर्वसाधरणलाई त्यसले प्रत्यक्ष मारमा पारेको छ । सरकारी तथा गैरसरकारी निकाय, स्थानिय प्रशासनका सवारी साधनलाई न त तेलको संकटनै पैदा भयो न त खाना पकाउने ग्यासको तर सर्वसाधरणलाई भने खाना पकाउन देखि लिएर यातयातमा समेत संकट पैदा भयो ।

पेट्रोलीयम पदार्थको चरम अभाव हुदाँ पनि सरकारी तथा गैरसरकारी कार्यालयका सवारी साधन चल्न छोडेनन् तर सर्वसाधरण भने तेब्बर भाडा तिररे गन्त्व्यमा पुग्न बाध्य भए ।

भारतले लगाएको नाकाबन्दीको मौकापारी कालोबजारीले लुटको खेती गरिरहे तर प्रशासन मौन नै देखियो । खाना पकाउने ग्यासको अभाव भएपछि जिल्लामा उर्जाको संकट पैदा भयो । ग्यासको विकल्पको रुपमा ससर्वसाधरणले दाउरा, हिटर लगाएतका विद्युतीय सामाग्रीस्को प्रयोग गरीरहेका छन् ।

केहि समय अगाडी जिल्लामा चार सयको हाहारीमा ग्यास भित्रियो तर उपभोक्तालाई ग्यास वितरण गर्दा तनि सय १३ वटा मात्र वितरण गरीयो । ८७ वटा ग्यासका आधा सिलिण्डर सरकारी कार्यालय, बैक, गैरसरकारी निकायका प्रमुखलाई वितरण गरिएको देखिन्छ ।

अघिल्लो समयमा ग्यास वितरण कार्य गर्दा ग्यास आएको जानकारी आफ्ना आफ्रन्तलाई फोनमार्फत गरी अगाडी लाइनमा बस्न लगाउने, एउटैले तिन देखि चार वटा सम्म ग्यास लिएको लगाएका सर्वसाधरणबाट गुनासो आएपछि यसपटक भने जिल्लामा गाृला प्रथाद्वारा ग्यास वितरण गरीएको हो । हप्ता दिन लगाएर उपभोक्तालाई ग्यास लिनको लागि नागरिकताको प्रतिलिपि , फोटो र २० रुपैयाँ नगद सहित ग्यासको लागि कुपन दिइर्एको थियो ।

कुपन लिनको लागि उपभोक्ता हप्तादिन देखि लाइनमा बस्न बाध्य भएका थिए । हप्ता दिनमा उद्योगबाणिज्य संघ पर्वतले तीन हजार ५ सय ५० जनतालाई ग्यासको लागि उपभोक्ता कार्ड वितरण ग¥यो जसबाट उवासंघले करिब ७१ हजार राजस्व समेत संकलन गरेको छ ।

जिल्लामा भित्रिएका चार सय ग्यासका आधा सिलिण्डर मध्ये सोमबार जिल्लामा ३ सय ५० वटा ग्यासका आधा सिलिण्डर वितरण गरिएको छ भने ५० वटा ग्यासका आधा सिलिण्डर वारीबेनीमा पठाउने उवासंघले बताएको छ ।

कार्ड बनाउने आवेदन दिन छुटेकोलाई अर्को लटमा उपभोत्ता कार्ड बनाउन आवेदन माग्ने उवासंघले जनाएको छ । जिल्लामा तीन सय ५० वटा ग्यासका आधा सिलिण्डर गोलाप्रथाद्वारा वितरण गरिएको हो ।

ग्यासको लागि नागरिकता र फोटो लिइएका कारण अर्को पटक अहिले ग्यास पाएका उपभोक्ताले ग्यास नपाउने उवासंघले जनाएको छ । ग्यासको चरम अभाव भएको बेलामा कानमा तेल हालेर बसेको उवासंघ यतिबेला सत्रियरुपमा देखिएता पनि उपभोक्तालाई आवबश्यक अनुसारको ग्यास उपलब्ध गराउन सकिराखेको छैन । यतिबेला उपभोक्ताले आफ्नौ दैनिकी दाउरा तथा विद्युतीय चुलोको प्रयोगबाट आफ्नो समस्या समधान गर्दै आइरुहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत