गाउँगाउँ घरआगनसम्म मोटर गुडाउने स्थानीयको चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गाउँगाउँ घरआगनसम्म मोटर गुडाउने स्थानीयको चा"/>

२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बढ्दै छ दुर्घटनाको जोखिम बुर्तिबाङ बागलुङका ग्रामीण सडकहरुमा

२०७४, १३ चैत्र मंगलवार ०७:५४

बिमल खड्का/चैत्र १३, बुर्तिवाङ। बागलुङ जिल्लाका पश्चिम बुर्तिबाङका ग्रामिण सडकहरुको दुर्दशा भनिसक्नु छैन । 


गाउँगाउँ घरआगनसम्म मोटर गुडाउने स्थानीयको चाहना र होडबाजीले अनेपेक्षित घटनाहरु पनि बढ्दै गएका छन् । खासगरी सुदूर पश्चिम निसी, भूजी, तमान,  खुंखानी लगाएतका क्षेत्रमा यस्ता दुर्घटनाबाट मानिसहरु बढी प्रभावित रहेका छन् । 

मोटरबाटो निर्माण गर्दा भूवनावटको गम्भीर अध्ययन हुनु जरुरी छ देखिएकाे छ  । 


केहिदिन पहिले बडीगाडको दर्लिङ हुँदै भिङगिठे मोटरबाटो खन्दै गर्दा माथिबाट खसेको पहिरेले डोजर समेत पुरी डोजर चालक दुईजना युवाहरुको घटनस्थलमै ज्यान गएको थियो भने त्यस्तै केहि दिन पहिले दर्लिङको गंगरेमा जीप दुर्घटना हुँदा जीपका मालिक मेख बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो | बोवाङ देखी बुर्तिवाङ आउँदै गरेका दुईटा ट्याक्टर केहि मिटरको अन्तरमा भुजीखोलामा खसेर दुर्घटना भएको थियो । 

यी त केहि हालसालैका दु:खद दुर्घटनाहरु हुन् । तर यस्ता दुर्घटनाहरु धेरै भईसकेका छन । 

भनाईको तात्पर्य ग्रामिण सडकहरुमा दुर्घटनाको जोखिम अत्याधिक बढेको छ । कच्चि मोटर बाटो त्यसैमा खाल्डा खुल्डीमा चलिरहेका सवारी साधनहरुका सिटमा खचाखच हुन्छन । त्यसैमा यात्रु हालेर अझै नपुगेर छतमा हाल्दा सवारी सधानहरु क्षमता भन्दा बढि यात्रु हाल्दा त्यसमा सवार यात्रुहरू कति सुरक्षित होलान ?

यसरी खुलेयाम चलिरहेको गाडिहरुलाई ट्राफिक प्रहरीले बजारमा मात्र केन्दित नभएर अन्य जोखिमपूर्ण ठाउमा पनि छड्के जाँच गर्ने हाे भने दुर्घटना न्युनिकरणमा हुने थियाे|

बुर्तिबाङबाट हुन्द्रफेदी, खुंखानी, बोङ्गादोभान र तमान विभिन्न सवारी साधनहरु चलिरहेका छन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो