2026-07-25 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

शौचालयको ढल महाकालीमै

किरण धामी/चैत १३, दार्चुला | ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदासमेत पूरा हुन सकेको छैन । 

जिल्लाको सरसफाइ रणनीतिक योजनाअनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भई सक्दासमेत सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको बजार क्षेत्रका दर्जनौँ घरघुरीले सिधै महाकाली नदीमा शौचालयको ढल मिसाएका कारण जिल्लाले घोषणा गर्न नसक्दा अभियान प्रभावित भएको थियो । 

सीमा क्षेत्रको पवित्र नदीका रुपमा रहेको महाकाली किनारमै घर बन्न थालेपछि नदी छेउछाउमा बढ्दै गएको अव्यवस्थित बस्ती र होटल व्यवसायका कारण प्रदूषित बन्ने क्रम बढ्दै गएको हो । नदी किनारको बाङ्गाबगरदेखि पुलघाट हुँदै तिङ्कर खेडासम्मको बस्तीका घर तथा होटलको शौचालयबाट निस्कने फोहर सिधै महाकाली नदीमा मिसाइदै आएको छ । 

बजार क्षेत्रमा ९३ घरघुरीमा बिना सेफ्टिट्याङ्कीका शौचालयका ढल सिधै महाकाली नदीमा मिसाउने गरेको पाइए पनि खुल्ला दिशा मुक्ता जिल्ला घोषणाको तयारी हुन लाग्दा यसको विरोध हुँदै आएको थियो । आगामी वैशाख पहिलो साता जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीमा रहेको बताइएको छ । 

छिटै जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणाको तयारी अघि बढाउन क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको टोलीले दार्चुला जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नु पूर्व अनुगमन भइसकेको छ । 

चैत ५ देखि ८ गतेसम्म चार दिन जिल्लाभरिमा रहेका व्यक्तिगत र सार्वजनिक शौचालय प्रयोग र सरसफाइको अवस्था बुझेर टोली फिर्ता भएको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका (आरवासिसी) सदस्यसचिव एवं खानेपानी तथा सरसफाइ सवडिभिजन प्रमुख प्रकाशबहादुर रावलले बताउनुभयो । 

प्रदेश नं ७ का उपक्षेत्रीय प्रशासक शंकर विष्ट नेतृत्वको टोलीले मार्मा गाउँपालिका, शैल्यशिखर नगरपालिका, मालीकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र महाकाली नगरपालिकाको सरसफाइको अवस्थाबारे अनुगमन गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अनुगमनका क्रममा जिल्लाको कुनै पनि क्षेत्रमा खुल्ला दिसा नदेखिएका कारण चैत दोस्रो साता आरवासिसीको बैकठबाट खुल्ला दिसामुक्त जिल्ला घोषणाको मिति तय गरिने प्रतिक्रिया पाएका छौँ ।” 

पछिल्लो समय सबै क्षेत्र खुल्ला दिसामुक्त भए पनि महाकाली नगरपालिकाको सदरमुकाम क्षेत्रको महाकाली नदीमा खुल्ला दिसा ढलमा पठाइएको भन्दै विरोधका स्वरसमेत उठ्न थालेका छन् । 

महाकालीमा शौचालयको ढलको व्यवस्थापन नहुँदासम्म यथास्थितिमा घोषणा गरिनु नाम मात्रैको घोषणा हुनेछ । महाकाली नगरपालिकाले बजार क्षेत्रको ढलको समस्या समाधान गर्न छिट्टै ढल व्यवस्थापनको कार्यक्रम लागू हुन लागेकाले खुल्ला दिसामुक्त अभियान रोक्न नहुने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक