2026-09-13 01:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ को प्रदेश सरकारको कार्ययोजना सार्वजनिक

चैत १३, जनकपुरधाम | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश बनाउन प्रदेश सरकारको १०० दिने कार्ययोजना आज सार्वजनिक गर्नुभएको छ । 

कार्ययोजनाअन्तर्गत प्रदेशलाई लगानीमैत्री प्रदेशका रूपमा विकास गर्ने, लगानीकर्ता प्रोत्साहित हुने खालका नीति निर्माण गर्ने, प्रदेशस्तरीय बोर्ड स्थापना गर्ने, धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गर्न लगानीकर्तालाई सहज तरिकाले जग्गा उपलब्ध गराउने उल्लेख छ । 

आर्थिक क्षेत्रमा बन्द, हडताल, चक्काजाम, अवरोधमुक्त क्षेत्र बनाउने, अन्न उत्पादन, तरकारीखेती, माछापालन, फलफूलखेतीलाई प्रोत्साहित गर्दै हरित प्रदेशका रूपमा विकास गर्ने, किसानलाई अन्न भण्डारणका लागि पायक पर्ने स्थानमा चिस्यान घरको निर्माण, साना सिँचाइ तथा ट्युबवेल सिँचाई आयोजनामार्फत सिँचाइतर्फ जोड दिने पनि कार्ययोजनामा उल्लेख छ । 

कार्ययोजनामा माछा उत्पादनमा विशिष्टीकरण गर्दै अर्गानिक माछा जोनका रूपमा विकास गर्ने, कृषि प्रणालीमा आधुनिकीकरण गर्ने, भूमि उपयोगिताका लागि चक्लाबन्दी, चुरे संरक्षण तथा बजार व्यवस्थापन गर्ने, किसानलाई प्राङ्गारिक मल प्रयोगका लागि प्रोत्साहन गर्ने, डेरी, गोलभेँडा क्यापचेप, तरकारी प्रशोधन, जुस प्रशोधनजस्ता उद्योग स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ । 

कार्ययोजनामा सार्वजनिक अरिद प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने कानूनको निर्माण, खरिद प्रणाली तथा भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्रीको मातहतमा एक छुट्टै अनुगमन निकाय स्थापना गरिने उल्लेख छ । 

छोरी बचाउ– छोरी पढाउ अभियान सञ्चालन, दाइजो उन्मूलन, बालविवाह, बोक्सी तथा छुवाछूत निर्मूल गर्ने कानून निर्माण, डोम, चमार, दुसाध र मुसहर शिक्षा योजना कार्यान्वयन, महिला सुरक्षा डेस्क स्थापना, धार्मिक, पर्यटकीयस्थलको व्यवस्थापन र प्रवद्र्धन, मुख्यमन्त्री सडक योजना कार्यान्वयन गरिनेलगायतका कुरा कार्ययोजनामा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन