३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सेतुलीमाया शाक्य स्मृति बृत्ति तथा सम्मान सहारा एकेडेमीलाई

२ माघ २०७२, शनिबार ११:४३

सन्देश श्रेष्ठ । माघ २, पोखरा । आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान यस वर्ष सहारा एकेडेमीलाई अर्पण गरिने भएको छ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले प्रत्येक २÷२ वर्षमा प्रदान गर्ने १ लाख राशीको उक्त पुरस्कारबाट सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई अर्पण गर्ने निर्णय भएको समितिको शनिबार पोखरामा आयोजित साधारण सभामा सार्वजनिक गरेको हो ।

गरिब तथा असहायः बालकहरुलाई एकेडेमीमा संरक्षण दिएर उनीहरुको शिक्षा, स्वास्थ्य र खेलकुदको प्रशिक्षणको व्यवस्था गरेर समाजमा उदाहरणीय बन्नुका साथै खेल तथा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गर्ने निर्णय भएको समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । सम्मानित हुने संस्था सहारा एकेडेमी २०५५ सालमा स्थापित सहारा क्लवद्वारा सञ्चालित संस्था हो । सो एकेडेमी २०५८ सालदेखी सञ्चालन हुँदै आएको छ भने एकेडेमीले गरिब तथा असहायः वालकहरु राखेर शिक्षा, स्वास्थ्य र खेलकुद प्रशिक्षणको व्यवस्था गर्दै आएको छ । एकेडेमीमा हाल २६ वालकहरु रहेका छन् भने ४ जना वालकहरु खोजि गरिरहेको छ । राष्ट्रिय फुटवल टिमका क्याप्टेन अनिल गुरुङ सहारा एकेडेमीकै उत्पादन हो ।

समितिका सदस्य नरेन्द्रमान लालचनको संयोजकत्वमा बनेको पाँच सदस्यीय छनौट समितिले गरेको सिफारिस समितिको पूर्ण वैठकले पारित गरेको उनले बताए । छनौट समितिका सदस्यहरुमा पत्रकार दीपेन्द्र श्रेष्ठ, कल्याण पन्त, समितिका अध्यक्ष नारायण कार्की र सचिव पशुपति श्रेष्ठ पदेन सदस्यका रुपमा रहेका थिए ।

वृत्ति तथा सम्मान आमा सेतुली माया शाक्यको सातौं वार्षिकीको अवसरमा आउँदो माघ ७ गते पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा गरिने समितिका अध्यक्ष कार्कीले जानकारी दिए ।

असहायः महिलाहरुका लागि सीपमूलक कार्यक्रम, आर्थिक विपन्न वालवालिकाका निम्ति शैक्षिक वातावरण र परित्यक्त वृद्धवृद्धाहरुको भरणपोषणजस्ता लोककल्याणकारी कार्यमा समर्पित व्यक्ति वा संस्थालाइ सम्मान गरिदै आएको छ । २०६३ माघ ७ गते आमा सेतुलीमाया शाक्यको देहावसानपछि उनका कान्छा छोरा, पोखराका वरिष्ठ फोटो पत्रकार तथा साहित्यकार विश्वरत्न शाक्यको सक्रियतामा प्रारम्भिक अवस्थामा रु दश लाखको अक्षयकोष स्थापना गरी यस सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको हो । अहिले अक्षयकोष रु १६ लाख पु¥याइएको छ ।

प्रतिष्ठानले आर्थिक अभाव खेपिरहेका असहाय बालबालिकाहरुको समुचित पठनपाठनका लागि गत ३ वर्षदेखि वालहित कोष स्थापना गरी ५० भन्दा बढी बालबालिकाका लागि वार्षिक रु ३ लाखभन्दा बढी रकम छात्रवृत्ति उपलब्ध गराउँदै आइरहेको छ । आमा सेतुलीमाया शाक्य स्मृति ‘वृत्ति तथा सम्मान’द्वारा यसभन्दा अगाडि एच.आई.भी. सङ्क्रमितहरुको संस्था आँकुरा एकल तथा संक्रमित महिला समूहकी अध्यक्ष एच.आई.भी.सङ्क्रमित श्रीमती लक्ष्मी अधिकारी, वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी काठमाडौँकी संस्थापक दिलशोभा श्रेष्ठ र लमजुङको बेशीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रलाई सम्मान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ