Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट: भैरवी रथयात्रा नेपाली सेनाको सहयोगमा गराइने

२०७४, १४ चैत्र बुधबार ०७:३६

चैत १४, नुवाकोट | यहाँको प्रसिद्ध सिन्दूरेजात्राको अवसरमा आयोजना गरिने भैरवी मन्दिरको रथयात्रा यसवर्ष नेपाली सेनाको सहयोग लिइने भएको छ । 

रथ यात्राका लागि देवीघाटस्थित श्रीनाथ गणमार्फत ६० नेपाली सेनाको टोली जात्रापर्व शुरु हुने दिन(यही चैत १६) देखि१९ गतेसम्म परिचालन गर्न लागिएको हो । 

विदुर नगरपालिका–२ स्थित भैरवी मन्दिरका पूजारी एंव धामी हरिमानसिंह डंगोल (जीवित भगवान्) लगायतलाई हरेक वर्ष चैतशुक्ल पूर्णिमाको अवसरमा विदुर नपा–५ देवीघाटस्थित जालपादेवी मन्दिरसम्म भैरवी रथयात्रा गराइदै आएको छ । भैरवीदेवीको भगवान् सहितको रथयात्रा परम्परादेखि नै सूर्यगढी गाउँपालिका–१ लच्याङका तामाङ समुदायबाट हँुदै आए पनि उनीहरुले बोक्न अस्वीकार गरेपछि सेनामार्फत रथ बोक्ने निर्णय भएको नुवाकोट मौला अमालकाद्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । 

साविक लच्याङ गाविसको वडा नं २ र ९ बाहेक भैरवी गुठीको जग्गा उपभोग गर्दै आएका स्थानीय बासिन्दाबाट रथयात्रा गराइँदै आएकामा उक्त जग्गा रैकर हुनुपर्ने माग गर्दै उनीहरुले गएको वर्षदेखि रथ बोक्न इन्कार गर्न थालेका हुन् । 

गएको वर्ष अन्तिम समयमा रथ बोक्न नमानेपछि पहिलो पटक रथलाई सवारीसाधनमार्फत जात्रा गराइएको थियो । यो जात्रा मल्लकालीन समयदेखि नै चल्दै आएकामा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजय गरेपश्चात व्यवस्थित रुपमा मनाउन थालिएको पाइन्छ । यो वर्षको ‘भैरवी वर्षबन्ध’ गत फागुन २३ देखि यही चैत २७ गतेसम्म सञ्चालन हुने भए पनि रथयात्राको मुख्य रौनक चैत १६गतेदेखि÷१९ गतेसम्म चल्ने धामी हरिमानसिंह डंगोलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश