Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मिर्चैयाः राजमार्गको अवस्थाप्रति उद्योग बाणिज्य संघको चासो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित/चैत १४, सिरहा। पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैयामा रहेको खाल्डाखुल्डीको मर्मत लामो समयसम्म नभएकोप्रति उद्योग बाणिज्य संघ रामनगर मिर्चैयाको ध्यानाकर्षण भएको छ । ब्यापारीकको साथै ओैद्योगिक क्षेत्रको रुपमा अगाडी बढिरहेको अबस्थामा मिर्चैयामा उचित ढल निकास नहुँदा गत बर्षको बर्षामा भत्केको सडकको अहिलेसम्म मर्मत नभएकोले सडक मर्मतका माग गर्दै संघले बिज्ञप्ती जारी गरेको छ ।

भत्केको सडक र राजमार्गमा बसेको बाक्लो बालुबा तथा धुलोले ब्यापारिक स्थलको साथै पैदल यात्रुको समेत स्बास्थ्यमा प्रतिकुल असर गर्नुको साथे गाडीको चापको कारणले उड्ने धुलोले प्रदर्शनीको लागि राखिएको सामग्रीहरुरु धुलामय भईरहेको संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ । राजमार्गको मुख्य सडक क्षेत्रमा बायु प्रदुषणको कारणले पैदल हिड्डुल गर्न मुस्किल रहेकोले सम्बन्धित सरोकारबालालाई बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराईएको छ ।

प्रदुषण ब्यबस्थापनको लागि सरोकारबाला निकायहरुलाई पटक पटक हारगुहार गर्दापनि कुनै सुनुबाई हुन नसकेको संधका अध्यक्ष हरीशंकर साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । समयमा समस्याको समाधान नभए कडा कदम चाल्न बाध्य हुने संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ ।