2026-10-15 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गौरीकला हत्या आरोपमा ट्राफिक प्रहरीसहित ३ पक्राउ

चैत १४,सुर्खेत। पञ्चपुरी नगरपालिका–३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमा डेरामा बसेकी गौरीकला रोकायको हत्या आरोपमा ट्राफिक प्रहरी सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिकाका होटल व्यवसायी लक्ष्मी बास्तोला, सोही नगरपालिकाका खुमप्रसाद बास्तोला र ट्राफिक प्रहरी जवान हरिप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । १२ गते रहस्यमय मृत्यु भनिएकी गौरीकला रोकायालाई होटल व्यवसायी लक्ष्मी बास्तोलाले १२ गते राती साढे ११ बजे मोटर साइकलमा राखी रंगशालातर्फ लगेर गएको बताइएको छ ।

गौरीकलालाई यौनजन्य अपराध पश्चात लक्ष्मी बास्तोलाले मोटरसाइकलमा राखी गौरीकलाको डेरामा पु¥याउने क्रममा मोटरसाइकलबाट लडेर घाइते भएर उपचारमा लापरबाही भइ अलपत्र अवस्थामा छाडेर गएकाले मृत्यु भएको हुन सक्ने प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले बताए ।मृत्यु भएकी गौरीकलाको पोष्टमार्टम रिर्पोट मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा पठाइएको र घटनामा बरामत भएको मोबाइलको कल रेर्कडबाट शंका गरिएका लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र प्रहरी जवान हरि कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक चर्तुवेदीले बताए ।

प्रहरी उपरीक्षक चर्तुवेदीले अभियुक्त ३ जनालाई कर्तव्य ज्यान अन्तर्गत जाहेरी प्राप्त भएपश्चात सोही मुद्धामा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

यसैबीच सुर्खेतका महिला तथा बालबालिका क्षेत्रमा कार्य गर्ने सुन्दर नेपाल संस्था, आवाज, सामुदायिक सुधार संस्था, नवज्योती केन्द्र, सुर्खेत, केड नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला संघ, वातावरण सुधार समाज, वाम, मानव अधिकार, समाज जागरण केन्द्र(स्याक) नेपाल, एकता फाउण्डेशन नेपाल, सुर्खेत महिला जेसीज, किडार्क नेपाल, अन्तरपार्टी महिला सञ्जाल सुर्खेत, र एकल महिला समूह गरि विभिन्न १६ वटा गैर सरकारी संस्थाले आन्तरिक मामिला तथा कानुन मन्त्रिलाई सम्बोधन गरी संयुक्त रुपमा ज्ञापन–पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने