३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकिकृत अखिल नेपाल शिक्षक संगठनको ६ महिने शैक्षिक अभियान शुरु

१० माघ २०७२, आईतवार १३:२१

मुरारी संगम । माघ १०, पर्वत । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएनटिओ)ले देशब्यापी रुपमा शैक्षिक जागरण अभियान शुरु गरेको छ । केन्द्रिय तथा जिल्ला स्तरमा रहेका अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरु तथा शिक्षक संगठनले ६ महिने शैक्षिक जागरण, रुपान्तरण र पुर्नगठन अभियान २०७२/७३ शुरु गरेको हो । सोही अनुसार पर्वत जिल्लामा अखिल नेपाल शिक्षक संगठन (यएनटिओ) पर्वतले आइतवार देखी शैक्षिक जागरण अभियान शुरु गरेको जनाएको छ ।

आइतवार सदरमुकाम पर्वतमा शैक्षिक जागरण अभियान शुरु गरी पत्रकार सम्मेलन मार्फत अभियान शुरु गरेको जनाएको हो । उक्त संगठनले शिक्षकहरुको अधिकार, शैक्षिक संस्थामा नितिगत परिवर्तन एवं शिक्षा ऐन संसोधन गरी शिक्षण संस्थामा परिवर्तन गर्न अपरिहार्य रहेको जनाएको हो । संगठनले २०७२ पुसको १८ बाट विविध कार्यक्रम तथा केन्द्रिय बैठकबाट शुरु गरेको अभियान २०७३ जेष्ठ ३० गते सम्म शैक्षिक जागरण गर्ने जनाएको हो । संगठनले प्रदेश न. ४ को घोषणा तथा प्रशिक्षण कार्यक्रममा ब्यापक सहभागिता गराउँदै माघ १० गते देखी ६ महिने अभियानको औपचारीक घोषणा गरेको हो । राष्ट्रिय स्वाधिनता र नयाँ संविधान कार्यान्यनमा हाम्रो अभियान, ट्रेड युनियन अधिकार शैक्षिक विकास र नयाँ शिक्षा नितिका पक्षमा एकिकृत शैक्षिक आन्दोलन भन्ने नाराका साथ संचालीत अभियानमा पर्वत जिल्लामा शिक्षा मन्त्रालयले घोषणा गरेको प्रतिवद्धता पत्र कार्यन्यनका बारेमा सरोकारवालाहरुको भुमिकाका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लगायत गाउँ तथा नगरमा रहेका हरेक शैक्षिक क्षेत्रमा प्ुगेर अभियान तथा शैक्षिक जागरणको वारेमा अवगत गराउने, संगठन, योजना निर्माण, पुर्नगठन तथा बैठकहरु जस्ता धेरै कार्यक्रमहरुका साथ संचालन हुने बताइएको छ । अभियानको घोषणा कार्यक्रममा बोल्दै युएनटिओका केन्द्रिय सचिवालय सदस्य टेकनाथ गौतमले शिक्षा मन्त्रालयबाट नयाँ शैक्षिक निति तथा प्रतिवद्धता भैरहेको सन्दर्भका बारेमा तथा शिक्षक संगठनका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले अब शैक्षिक क्षेत्रमा नयाँ परिवर्तनको आवश्यकता रहेको औल्याउनुभएको थियो । त्यसैगरी कार्यक्रममा एनेकपा माओवादी पर्वतका सचिव ढाकाराम गौतमले एमाओवादीले मुलुकलाई ऐतिहासीक रुपमा परिवर्तन गर्न लागेको बताउँदै अब मुलुक परिवर्तनमा शिक्षकहरुको भुमिका अग्रिणी हुनुपर्र्ने धारणा राख्नुभयो । त्यसैगरी कार्यक्रममा जिल्ला सहसचिव दिपक आचार्य, संगठनका जिल्ला सल्लाहकार नरेन्द्र गौतम लगायतले वोल्नुभएको थियो । एकिकृत अखिल नेपाल शिक्षक संगठन पर्वतका बरिष्ठ उपाध्यक्ष आनन्दराज पौडेलको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमको संचालन संगठनका सचिव इन्द्रप्रसाद तिमिल्सीनाले र स्वागत भागिरथ अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ