2026-09-19 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खानेपानीकै लागी घण्टौँ लाम लाग्न बाध्य छन् बाग्लुङ बरेङका बासिन्दा

रामबहादुर थापा/ चैत १५, बागलुङ | बरेङ गाउँपालिका–५ सुखौरा, भित्रीवनकी तिर्सना थापा उज्यालो नहुँदै जौबारी खोलाको मुहानमा पुग्नुहुन्छ । 

डेढ घण्टा हिँडेर मुहानमा पुग्दासम्म रित्ता गाग्रीको लाम लागिसकेको हुन्छ । बेलैमा नपुगे पालो नपाइने चिन्ताले यहाँका गृहणी अँध्यारो नहुँदै मुहान पुगिसक्छन् । “हामीलाई सधैँको दुःख छ, खानेपानीको समस्या धेरै छ” थापाले भन्नुभयो । हिउँदमा त झन भएका मुहान पनि सुकेपछि खानेपानीको हाहाकार नै हुने गर्छ । 

भित्रीवनको जस्तै पीडा पिँडालुबारी र अन्य बस्तीका बासिन्दाको पनि छ । घण्टौँ लगाएर खानेपानीको जोहो गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाउन सकेका छैनन् । सुखौराका बासिन्दाले सधँै खानेपानीको समस्या झेल्दै आएको वडाध्यक्ष अम्मरबहादुर शेरबुजाले बताउनुभयो । उहाँका अनुसार बस्तीभन्दा तल मुहान हुनु नै खानेपानी संकटको प्रमुख कारण हो । “बस्तीमाथि छ, भएका मुहान तल छन्” उहाँले भन्नुभयो “हाम्रो मुख्य समस्या नै खानेपानी हो ।” 

दुई सय २७ घरधुरी रहेको सुखौरामा १५० भन्दा बढी परिवारले खानेपानीको चरम समस्या भोग्दै आएका छन् । सरकारी अनुदानमा केही वर्षअघि निर्मित ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजनाबाट केही बस्तीमा भने सुविधा छ । उक्त योजनाबाट धम्पुका २६ र बाहुँनडाँडा बस्तीका १४ घरमा खानेपानी पुगेको छ । बस्तीदेखि तल रहेको खानेपानीलाई सौर्य ऊर्जा प्रणालीबाट तानेर बस्तीमा ल्याइएको हो । धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले उक्त आयोजना निर्माण गरेका थिए । 

सुखौरामा ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना नै सबभन्दा उपयुक्त हुने परियोजनाका इञ्जिनियर विवेक सापकोटाले बताउनुभयो । “बस्तीमाथि छ, खानेपानीको स्रोत तल छ” उहाँले भन्नुभयो “त्यहाँको उत्तम विकल्प ‘लिफ्ट’ प्रविधि नै हो ।” परियोजनाले आकाशे पानी संकलनका लागि भित्रीवन र पिँडालुबारीमा बनाएका घैंटो प्रविधि पनि प्रभावकारी देखिएको छैन । खडेरीमा घैंटौ पनि रित्तै हुने र पानी संकलन भइहाले पनि पिउन योग्य नभएको उपभोक्ताको गुनासो छ । 

वडाबाट यो वर्ष खानेपानीका लागि रु २० लाख बजेट छुट्टाइएको छ । उक्त बजेटबाट ठूलो क्षमताको खानेपानी ट्यांकी निर्माण गर्ने योजना वडा कार्यालयले बनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत नयाँ आयोजनाको लागि विस्तृत सर्वे पनि गरिएको वडाध्यक्ष शेरबुजाले बताउनुभयो । “रु दुई करोड २० लाखको लागत योजना तयार भएको छ” उहाँले भन्नुभयो “आयोजना कार्यान्वयनमा बजेट अभाव छ ।” उक्त आयोजना बनेमा दीर्घकालीन रुपमा खानेपानी समस्या समाधान हुने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो