2026-10-15 12:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गाउँपालिका उपप्रमुखको नाममा नक्कली परिक्षार्थी, प्रहरीद्धारा पक्राउ

नन्दराम जैसी | चैत १५, जुम्ला | हिमा गाउँपालिका जुम्लाकी उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिदै गरेकी एक जना नक्कली परिक्षार्थी प्रहरीले पक्राउ गरेको छ । 

राहदेव मावि मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिदै गरेकी विमला रोकायालाई प्रहरीले पक्राउ हो । नक्कली परिक्षार्थी विमलाले लिइएको प्रवेश पत्रको फोटोमा केरमेट गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय जुम्लावाट गएको प्रहरी नायव उपरिक्षक डा.तपनकुमार दाहालको टोलीले पक्रेको हो । 

प्रहरी नायव उपरिक्षक दाहालका अनुसार जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस गरिएको कागजात र परीक्षा हलमा लिइएको प्रवेश पत्र तुलना गर्दा विवरण मिलेको थिएन । उनले भने, ‘स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा दिदै गर्दा उपाध्यक्ष रोकायाले राखेको नक्कली परिक्षार्थी विमला पक्राउ परेकी हुन् । 

राहदेव मावि मोफ्ला केन्द्रमा २ सय २० जना परिक्षार्थी छन् । उपाध्यक्षको सट्टामा परीक्षा दिने नक्कली परिक्षार्थी विमलालाई दस्तखत किर्ते मुद्धा लगाईने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सट्टामा परीक्षा दिन लगाउने उपाध्यक्ष रोकायालाई पक्राउ गरेर कार्वाही गर्ने प्रहरी नायव उपरिक्षक दाहालले जानकारी दिए  । उनका अनुसार उपाध्यक्ष रोकाया फरार रहेको प्रहरीले जनाएको छ । 

विमलाले यस अघिका सवै परिक्षा दिईसकेकी छिन । यसअघि कालिका मावि तलिकुडुमा अर्कैको परीक्षा दिदै गरेका ४ जनालाई नियन्त्रणमा लिएर दस्तखत किर्ते अन्र्तगत कार्वाही गरेको प्रहरीले जनाएको छ । न्यायिक समितिको संयोजक जस्तो व्यक्तिले नक्कली परिक्षार्थी राखेर परिक्षा दिएको भन्दै एसइइ परीक्षामा चरम विकृति फैलिएको सरोकारवालाले जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा