2026-07-27 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाले पर्बत जिल्ला कमिटीमा कमजोर बनेपछि तल झारियो

uml newsमाघ १४, पर्वत । नेकपा एमाले पर्वतमा बिवाद भएको लामो समय नै भएको छ । जिल्लाको बिवाद बढिरहेका बेला तल्लो तहमा पनि तिब्र बिवाद देखिएको छ । बिगत देखि नै एमालेमा केपी ओली र माधव नेपाल लाईनको बिचमा बिवाद चलिनै रहेको छ । पर्वत जिल्लाको अध्यक्षमा पदम गिरी निर्वाचित भएपछि उनले तल्लो तहसम्म हस्तक्षेप गरिरहेको आरोप जिल्लामा लाग्ने गरेको छ ।

जिल्लामा अध्यक्ष भएको झण्डै १ बर्ष भन्दा बढी भइसकेको छ उनले हालसम्म दुईवटा मात्रै बैठक बसालेका छन् तर ति बैठकले पनि कुनै निर्णय गर्न सकेनन् । उनी अध्यक्षमा निर्वाचित भएसँगै चुलिएको एमाले पर्वतको बिवाद गाविस स्तरसम्म देखिन थालेको छ । उनी अध्यक्ष भएपछि जिल्लामा मनोनित गर्न पर्ने जिल्ला सदस्यहरुलाई मनोनयन गरिए तर एमाले बिधानले अध्यक्षले नै सपथ खुवाउन पर्ने हुन्छ तर गिरीले नयाँ मनोनित सदस्यहरुलाई आफु निकट दुई सहित छ जना कसैलाई पनि सपथ खुवाएका छैनन् ।

एमाले पर्वतको लामो बिवाद अव भने गाउँतिर सरेको छ । प्रसंङ्ग हो पर्वत जिल्ला ठुली पोखरी गाविसको । जिल्ला अबिधेशन हुनेबेला ठुलीपोखरीमा ओली र नेपाल समुहको बिवादका कारण प्रतिनिधी छनौट हुन सकेको थिएन । त्यसकारण उक्त गाविस जिल्ला अबिधेशनमा प्रतिनिधी बिहिन भएको थियो । त्यसतो ठाउँमा स्थानिय कार्याकर्ताहरुलाई छलफल चलाई बिवादको समाधान गर्नुको सट्टा जिल्ला अध्यक्ष पदम गिरीले एकल रुपमा गाविस कार्यालयलाई संवोधन गरी गाविस समयन्त्र प्रतिनिधी पठाएका छन् । गिरीको यस्तो कार्यले गर्दा गाविसमा एमाले कार्यकर्ताहरुको बिचमा झनै बिवाद चुलिएको छ । बहुमत पार्टी सदस्यहरुको भेलाबाट ठुलीपोखरीमा अधिबेशन गर्ने आयोजक कमिटीको संयोजक राजेश्वर सुवेदीलाई चयन गरेको हो र मौजुद कमिटी रहेको अबश्थामा जिल्लाले गाविसको प्रतिनिधी तोक्ने ब्यावस्था छैन त्यो त्यहिको स्थानिय कमिटीको बैठकबसी संयन्त्र प्रतिनिधी तोक्ने ब्यावस्था रहेको जिल्ला उपाध्यक्ष भक्त कुँवरले बताए । उनले भने जुन ठाउँमा कमिटी छैन त्यस्तो ठाउँमा मात्रै जिल्लाले प्रतिनिधि तोक्ने हुन्छ ठुलीपोखरीमा पार्टीको ठुलो कमिटी नै छ । त्यहाँ यस्तो गर्न जरुरी नै छैन ।

यो ब्यबस्थालाई वास्ता नै नगरी गिरीले आफ्नो समुहका गंगा प्रसाद शर्मालाई प्रतिनिधि तोकेपछि एमाले ठुलीपोखरीमा खैलाबैला नै मच्चीएको छ । एमाले ठुलीपोखरीका अध्यक्ष राजेश्वर सुवेदीले सुचना केन्द्र डटकमसँग कुरा गर्दै भने जिल्ला अध्यक्ष जस्तो मानिसले यति तल्लो तहसम्म हस्तक्षेप गर्नु अनौठो भएको बताए र केहि मानिसहरुको कुरा सुनेर पार्टीको आधिकारीक कमिटीलाई वास्ता नै नगरी यस्तो गुर्नले इमान्दार कार्यकर्तामा निराशा छाएको बताए । जसका कारण ठुलीपोखरीमा रहेको एमालेको बर्चश्व तोडीने भन्दै कार्यकर्ताहरु निराश भएका छन् ।

यता जिल्ला अध्यक्ष पदम गिरीले भने आफ्नो बिरुद्धमा बिभिन्न खाले काम भईरहेको भन्दै ठुलीपोखरीमा एउटाले अबिधेशन गर्ने भन्ने अनि अबिधेशनको मुखमा पुगेर अबिधेशन नगर्ने भएर लामो समय भएको कारण अहिलेलाई यसो गरौं भनेर बिचको मान्छे पठाएको बताएका छन् ।

यस्तो छ गाविस सचिवलाई एमाले अध्यक्ष पदम गिरीले प्रतिनिधी तोकेको पत्र

UML Parbat

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ