2026-07-25 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्लामा दादुरा रुवेला खोप अभियान शुरु हुँदै

माघ १६, पर्बत । जिल्लामा दादुरा रुवेला विरुद्धको खोप अभियान शुरु हुँदैछ । जिल्लामा रहेका ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा र रुवेला खोप तथा जन्मे देखि ५ बर्ष सम्मका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानको शुरु हुन लागेको शुक्रवार जिल्ला स्वास्थ्य केन्द्रले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

जिल्लामा रहेका करिब १२ हजार ६ सय ८१ जना बालबालिकालाई दादुरा तथा रुवेला र पोलियो थोपा खुवाउने लक्ष्यका साथ अभियानको शुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भवानी शर्माले जानकारी दिए । जिल्लामा रहेका कुल बालबालिका मध्ये १२ प्रतिशत बालबालिका अझै दादुरा खोप लिन बाट बञ्चित भएको र जिल्लामा दादुरा रोगको निवारण गर्नको लागि यो अभियान संचालन गर्न लागिएको शर्माको भनाई छ । यो अभियान माघ २४ गते देखि फागुन १३ गतेसम्म दुइ चरणमा संचालन हुने कार्यालयले जनाएको छ ।

पहिलो चरणमा अभियान अन्तरगत माघ २४ गतेदेखि फागुन ३ गते सम्म मल्लाज ,. बासँखक, धाइरिङ , शालिजा, लेखफाँट , पाङ, बनौं, खुर्कोट, नाङलीवाङ् , दुर्लूंङ, बाजुङ , क्याङ, तिलाहार, चुवा , देउपुर, देउराली, चित्रे, आर्थर, राम्जा देउराली, पकुवा, ठूलीपोखरी, कार्किनेटा, खौलालाकुरी, पिपलटारी, शंकरपोखरी, थापाठाना , भुकताङ्ले, भंगरा, मुडिकुवा, कटुवाचौपारी, शिवालयमा संचालन हुनेछ भने दोस्रो चरणमा फागुन ४ गतेदेखि फागुन २३ गते सम्म लिमिठाना, पाङराङ , कुर्घा, देविस्थान, खानीगाउँ, ठानामौलाद, लुंखु, भोक्सिङ, बालकोट, पाखापानी, फलामखानी, होश्राङ्दी, भोर्ले, सरौखोला , हुवास, त्रिवेणी, टकलाक, बेउलीबास, उरामपोखरा, वहाँकीठाँटी, शालिग्राम, रानीपानी, बर्राचौर, बाच्छामा संचालन हुनेछ । दादुरा र रुवेला खोप अभियानको क्रममा पाँच बर्ष सम्मका बालबालिकालाई पोलियो थोपा समेत खुवाउने कार्यालयले जनाएको छ । सन् २००४ देखि संचालन भएको खोप अभियानले भूकम्पबाट प्रभावित १४ जिल्लामा आफ्ना अभियान शुरु गरिसकेको छ भने अन्य ६१ जिल्लामा पनि यो अभियान शुरु हुनेछ । कपिल्बस्तुका बालबालिका दादुरा रोगको लक्षण देखा परेपछि सरकारले दादुरा तथा रुवेला रोगको खोप लगाउने अभियाननै संचालन गरेको हो । देशभरीका ६ लाख बालबालिकालाई यो खोप प्रदान गर्ने सरकारले सोचेको छ ।

राष्ट्रिय तथ्याङक अनुसार खोप लगाएका बालबालिका ५ लाख २२ हजार बालबालिका छन् भने त्यसमा खोपबाट सुरक्षित भएका बालबालिका ४ लाख ४३ हजार ७ सय रहेको तथ्याङक छ भने खोप नलाएका बालबालिका ७८ हजार रहेका छन् । खोप लगाएर पनि सुरक्षित नभउका ७८ हजार ३ सय र सुरक्षित नभएका कुल १ लाख ५६ हजार रहेका छन् । सरदरका ६ लाख बालबालिकालाई प्रत्येक चारबर्षमा दादुरा र रुवेला खोपको पहुचमा र रोग निवारण गर्न सरकारले अभियान संचालन गरेता पनि अझै ६ लाख २५ हजार २ सय बालबालिका अझै खोपको सुविधामा आउन बाँकी देखिन्छ यो सरकारको लक्ष्य भन्दा झण्डै २५ हजार २ सयले बढी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक