2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

भैरवी वर्षबन्धको विशेष रौनक शु्रु, आज लिङ्गो उठाइँदै

चैत १६, नुवाकोट | यहाँको प्रसिद्ध सबैभन्दा ठूलो पर्व ‘सिन्दूरे जात्रा’को विशेष रौनक आजदेखि शुरु हुँदैछ । 

‘जीवित भगवान्’को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पूजारी हरिमानसिंह डंगोल र उहाँको जीवन संगीनीलाई पुज्दै मुलुकमा आगामी वर्ष के हुन्छ भनेर गोप्यरूपले भाविष्यवाणी गर्ने सिन्दूरे जात्राको विशेष महत्वका साथ आज साँझ लिङ्गो उठाएर शुरु हुन लागेको हो । 

धार्मिक तथा सांस्कृतिक महत्व रहेको यो परम्परा मल्लकालीन समयदेखि नै शुरु भएको पाइए पनि पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय हासिल गरेपछि थप व्यवस्थित बनाइएको पाइन्छ । 

फागुपूर्णिमाको दिन बाह्रभाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरी शुद्ध भई शुरु भएको ‘भैरवी वर्षबन्ध’ अन्तरगत चैत शुक्ल पूर्णिमाको अवसरमा शनिबार देवीघाटमा लाग्ने देवीजात्राका लागि आज अपराह्नदेखि विशेष महत्वका साथ मनाउन लागिएको हो । 

स्थानीयवासीको सहयोगमा श्रीनाथ गण देवीघाटमार्फत परिचालन हुने नेपाली सेनाले आज साँझ बूढी देवताको स्थल र त्यसपछि आजै मध्यरातमा भैरवीदेवी मन्दिर परिसरमा पूजाविधिअनुसार लिङ्गो उठाइने नुवाकोट दरबार मौला अमालका द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । 

लिङ्गो उठाइएपछि उल्लासका साथ शुरु हुने जात्राअन्तर्गत भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिर प्रस्थान गराइन्छ । 

आज लिङ्गो उठाउने, शनिबार भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान् धामी–धामिनीको जालपादेवी मन्दिर प्रस्थान, शनिबार र आइतबार जालपादेवी मन्दिरमा जीवित पशुको भोगबलि, मुलुकमा आगामी वर्ष के हुन्छ भनेर शनिबार राति धामीबाट हुने गोप्य भविष्यवाणी, आइतबार मध्यरातमा देवीघाटबाट फर्केपछि जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल एवं सामाजिक संघसंस्थाको प्रतिनिधिको उपस्थितिमा सोमबार खेलिने सिन्दूर जात्रा मुख्य अकर्षण र महत्वका रुपमा लिइन्छ । 

विदुर नगरपालिका–२ मा रहेको भैरवीदेवी बहिनी र विनपा–५मा रहेको जालपादेवी दिदी हुन् भन्ने मान्यताका साथ एकताको रुपमा हरेक वर्ष भैरवी रथयात्रा गरी दिदीबहिनीको भेट गराएर जात्रा पर्व मनाइने गरिएको द्धारे शाहीले जानकारी दिनुभयो । 

भैरवी रथयात्रा लच्याङका तामाङ सामुदायमार्फत हँुदै आए पनि गएको वर्षदेखि आउन नमानेपछि यसवर्ष श्रीनाथ गणबाट ६० नेपाली सेना परिचालन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई