महासंघको ६३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महासंघको ६३ "/>

2026-09-18 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्षहरु सम्मानित

ताराबहादुर महत । चैत्र १६, दोलखा । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर दोलखा शाखाले आफ्ना पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ ।

महासंघको ६३ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष स्वर्गीय देवदास श्रेष्ठ, चिरञ्जीवी मास्के, राजेन्द्र मानन्धर र उद्धबप्रसाद पोखरेल सम्मानित हुनुभएको हो । संसथापक अध्यक्ष श्रेष्ठकी धर्मपत्नी रञ्जितादेबी श्रेष्ठलाई सम्मानपत्र प्रदान गरिएको छ । सम्मानित मास्के र मानन्धरले पत्रकार महासंघ दोलखा शाखाको दुई कार्यकाल नेतृत्व गर्नुभएको थियो ।

                             सम्मानपत्र ग्रहण गर्नुहुँदै पुर्व अध्यक्ष चिरञ्जीवी मास्के

कार्यक्रममा मन्तव्य राख्नुहुँदै महासंघ दोलखाका पुर्व अध्यक्ष चिरञ्जीवी मास्केले नकरात्मक र आलोचनात्मक समाचार लेख्ने पत्रकारलाई मात्र पत्रकार मान्ने चलन रहेको बताउनुहुँदै सकरात्मक परिवर्तनका लागि पत्रकारिता गर्ने सबैलाई पत्रकारको रुपमा चिन्न आग्रह गर्नुभयो । त्यसैगरी पुर्व अध्यक्ष राजेन्द्र मानन्धरले पत्रकारिता क्षेत्रको गरिमा बढाउन सबै पत्रकारहरुले इमानदारीता र गम्भिरताका साथ मिडियामा विषयको उठान गर्नुपर्ने बताउनुभयो ।

                                         सम्मानपत्र ग्रहण गर्नुहुँदै पुर्व अध्यक्ष राजेन्द्र मानन्धर

नेपाल पत्रकार महासंघ दोलखाकी उपाध्यक्ष मन्दिरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै स्थानिय सरकारले गरेका राम्रा कामको प्रोत्साहन र नराम्रा कामको उजागर गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । नगर प्रमुख केसीले अन्य ठाउँको तुलनामा दोलखाका स्थानिय सरकार प्रमुखहरु सक्षम रहेको र राम्रो काम गरेको समेत दाबी गर्नुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कट्वाल, रणभिम गणका गणपति झविन्द्र रेश्मी, प्रहरी निरिक्षक रमेश प्रधान, जिल्ला हुलाक कार्यालयका प्रमुख नविनकुमार श्रेष्ठ, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, बार एसोसियसन दोलखाका अध्यक्ष सरोज उप्रेति, गौरीशंकर क्याम्पस चरिकोटका प्रमुख शान्त केसी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई