2026-07-24 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा झोलुङगे पुल बनाउने होडबाजी नै, अर्जेवा जोड्ने गरि पूल निर्माण हुने

माघ १८, पर्वत ।  झोलुङगे पुलको जिल्लावाट परिचित पर्वत जिल्लामा झोलुङ्गेपुल बनाउने होडवाजी नै चलिरहेको छ । मुडिकुवा गाविसको डिलवाट वडागाउँमा पूल बनाउने काम द्रुत गतिमा भैरहँदा फलेवासको ढिकबाट वागलुङको अर्जेवा जोड्ने गरि पूल निर्माण हुने भएको हो ।

नेपाली काँग्रेसका महासमिति सदस्य तथा बरिष्ठ समाजसेवी गंगाराज पौडेलको पहलमा पुलको निर्माण गरिन लागेको हो । पर्वतको फलेवास–३ देखी बाग्लुङको अर्जेवा–१ गुरुङ धारामा जोड्ने झोलुङगे पुलको लम्वाई ३ सय ४० मिटर लामो हुने छ । एभरेष्ट कन्सल्टेन्सी प्रा.ली वाट पुलको सर्वेक्षणमा खटिएका इन्जिनियर शिवप्रसाद भुषाल र इन्जिनियर विप्लव आचार्यले पुलको सर्वेक्षण गर्नुभएको छ ।

नेपाल सरकारको आर्थिक सहयोगमा ५ करोड बरावरको लागतमा पुल निर्माण गरिने पुल निर्माण समितीका अध्यक्ष गंगाराज शर्माले बताउनुभयो । आगामी २०७२ साल चैतवाट पुल निर्माणको काम शुरु गरिने भएको हो । पुल निर्माण भएपछि बाग्लुङको अर्जेवा ,छिस्ती,विनामारे लगायत दुई दर्जन गाविस र पर्वतको फलेवास लगायतका क्षेत्रका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

नेपाली काँग्रेसका महासमिति सदस्य तथा बरिष्ठ समाजसेवी गंगाराज पौडेलको पहलमा यस अघि पर्वतको देविस्थान देखी कुर्घा गाविस जोड्ने २ सय ४६ मिटर लामो पुलको निर्माण भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक