पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत १७, फलेवास, पर्वत | खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । <br></p><p>नगरपालिकाको वडा नं ४ सर्कुवामा शुक्रबार बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लाग्दा जैमनी–५ बिनामारेका २४ वर्षीय चन्द्रबहादुर थापा क्षत्रीको मृत्यु भएको हो भने अन्य पाँच जना घाइते भएको कुस्मीसेरा प्रहरी चौकीका इञ्चार्ज देवराज बानियाँले जानकारी दिनुभयो । रासस </p>

