2026-09-18 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेका नगरसभापतिका लागि आचार्य र जोशीको दाबेदारी

माघ १८, पर्वत । देशव्यापी रुपमा चलेको नेपाली काँग्रेसको १३ औ अधिवेशनले यतिबेला जिल्ला जिल्ला तताएको छ । कतै झगडा त कतै सहमतिका विच संस्थापक पक्ष र प्रजातान्त्रिक पक्ष (देवा) पक्षविच कडा प्रशिपर्दा भैरहेको छ ।

यसैविच पर्वत जिल्लामा पनि नेपाली काँग्रेसको गाउँ अधिवेशन सम्पन्न भएको छ । गाउँ अधिबेशन सकिएसँगै यतिबेला जिल्लामा नगर कार्यसमितिको अधिवेशनले जिल्लालाई तताएको छ । नगर कार्यसमितिका लागि आज९बुधवार० नगर अधिवेशन हुदै छ ।
सभापति पदमा ३ महोत्वकाक्षी
कु्श्मा नगरपालिकाको नगर कार्य समितिको सभापतिको पदका तीन जना महोत्वकाक्षि देखिएका छन् । सभापतिको पदका लागि मोहन आचार्य, रामचन्द्र जोशी र हरिबहादुर सुवेदीले आफ्नो उम्मेदवारी दिएका थिए् । तर अन्यमा हरिबहादुर सुवेदीले आफ्नो उम्मेदवारीबाट हात झिकेका छन् । उनको उम्मेदवारी फिर्ता सँगै जिल्लामा संस्थापक पक्ष र प्रजातान्त्रिक पक्षविच नै प्रतिशपर्दा हुने देखिएको छ । जहाँ आचार्य प्रजातान्त्रिक र जोशी संस्थापक पक्षका दाबेदार हुन । जसका कारण नगरकार्यसमितिको अधिवेशन निकैनै कडाप्रतिशपर्दा हुने बताइएको छ ।

सचिवमा २ जनाको उम्मेदवारी
यसैविच नगर समितको सचिव पदका लागि दुइ जनाले आफ्नो नाम दर्ता गराएका छन् । जसमा कमलप्रसाद पौडेल, दया सुवदी रहेका छन् । यता कोषाध्यक्षका लागि तीन जनाले आफ्नो नामवली दर्ता गराएका छन् जसमा प्रितमकुमार ग्ुरुङ, भगवती पौडेल र शिवराज शर्मा रहेका छन् । त्यसैगरी सदस्य तर्फ अमृत प्रसाद चापागाई, आनन्द विक, कपिल चापागाई, कालिका प्रसाद शर्मा, किशोर सुवेदी, कुलप्रसाद पाध्या, कृष्णप्रसाद उपाध्याय, कौशलचन्द्र रिमाल, गंगा शर्मा, चित्रबहादुर क्षेत्री, चुनबहादुर गुरुङ, झलक शर्मा पोख्रेल, डिल्लीराज सुवेदी, दिपकराज पौडेल,द्रुपति रिजाल, धनबहादुर भण्डारी, धनिलाल विक, प्रताप लामिछाने, फणिन्द्रनाथ शर्मा, विरेन्द्र रिजाल, बोलनाथ लामिछाने, मिना कुमारी शर्मा, योगराज गिरी, रामकुमार गिरी, लेखनाथ चालिसे र सुरेन्द्र केसी रहेको मतदान अधिकृत रेग्मीले बताए ।

त्यसैगरी क्षेत्रीय प्रतिनिधिका लागि आदीबासी जनजातीहरु तर्फ गमबहादुर गुरुङ, प्रेमबहादु्र गुरुङ, मना पुन सुन्दरप्रसाद जोशी र शान्ता बहादुर गुरुङ रहेका छन् । यता दलित तर्फबाट ५ जनाले उम्मेदवारी दिएका छन् जसमा निर्मल विश्वकर्मा, प्रेमबहादुर विक, भागीरथी नेपाली, मिठाराम विश्वकर्मा, रामबहादुर विक रहेका छन् । अल्पसंख्यक तर्फ उमादेवी कुमाल रहेकी छन् ।

संस्थापक र प्रजातान्त्रिकविच प्रतिपर्दा हुदै
कुश्मा नगरपालिकमा मात्रै नभई देशव्यापी रुपमा दुई गुटका विच नेपाली काँग्रेसको १३ अधिवेधनको छनोट प्रक्रिया चलिरहेको छ । यसवै विच नगर समितिको लागि पनि पर्वतमा दुइ धार देखिएका छन् । संस्थापक ९कोइराला० र प्रजातान्त्रि पक्ष ९देवा० विच प्रतिपर्दा हुने भएको छ । सभापति पदका लागि उम्मेदवारी दिएका महोन आचार्य र हरिबहादुर सुवेदी प्रजातान्त्रि पक्षका रहेका छन जसमा हरिबहादुर सुवेदीले उम्मेदवारी फिर्ता लिई महोन आचार्यलाई सहयोग गर्ने बताइएको छ भने रामचन्द्र जोशी सस्थापक कोइराला पक्षका हुन । समापति पदका लागि मात्र नभई अन्य पदका लागि पनि पनि दुई गट विच प्रतिपर्दा हुने पक्कानै छ । नगरअधिवेशन भोली ८ बजे हुने बताइएको छ । नगरपालिका भित्र नेपाली काँग्रेसका १ हजार ७ सय ४८ जना क्रियाशिल सदस्य रहेका छन् ।

उम्मेदवार फिर्ता लिने बढे
नगरसमितिको विभिन्न पदका लागि उम्मेदवारी दिएकाहरुको उम्मेदवारी फिर्ता लिने र दिने क्रम चलिरहेको छ । जसका कारण रातभरीमा के हुने त्यो भने एकिन हुन सकेको छैन । उम्मेदवारी फिर्ता लिनेमा सभापति पदका लागि उम्मेदवार बनेका हरिबहादुर सुवेदी, कोषाध्यक्ष भगवती पौडेल, सदस्यहरुमा लेखनाथ चालिसे, अमृतप्रसाद चापागाई, आनन्द विके, कपिल चापागाई, किशोर सुवेदी, धनिलाल विक, विरेन्द्र रिजाल र आदीबासीबाट गमबहादुर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई