2026-06-29 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लोक गायक बिमलराज क्षेत्री नेपाली कांग्रेसमा आफ्नो हैसियत खोज्दै

bimal rajमाघ १९, पर्वत । कलाकार देशका गहना त्यो पनि कानमा लगाउने । सबैलाई देशको पहिचान दिने कलाकार केहि बर्ष यता भने पार्टीका आन्तरीक र बाहिरी चुनावमा प्रतिश्पर्दा गरेको देखिन्छन् । उनीहरु हरेक क्षेत्रमा आजभोली राजनैतिक पार्टीका प्रतिनीधी जस्ता भएर प्रतिस्पर्दा गर्दै छन् ।

२०५६ सालबाट गायन यात्रामा आएका बिमलराज क्षेत्री बल्लै भो भेट भन्ने दोहोरी गित गायर चर्चाको सिखरमा रहेका लोकदोहोरी गायक हुन । त्यसपछि भने आफ्नो गायन क्षेत्रबाट कहिले पछाडी फर्केनन् ।

एकपछि अर्को चर्चित गित गाउँदै लोकदोहोरी क्षेत्रमा अब्वल सावित भएका गायक क्षेत्री यतिवेलामा भने गितको काम छोडेर पर्वतमा नेपाली कांग्रेसको महादिबेशन प्रतिनिधीको उमेद्वारी भई निर्वाचनमा आफ्नो राजनैतिक हैसियत खोज्न आएका छन् ।

उनीले धेरै गित गाए आफ्नो जिल्लालाई चिनाउने देखि श्रोता दर्शकलाई नचाउने र रुवाउने सम्मका । तर जुन पार्टीमा भोट हालिन्छ र काम गरिन्छ त्यहाँको लागि म के हुँ भन्ने लागेछ क्यार यतिवेला उनी पर्वतका ग्रामिण क्षेत्रमा कहिले सेतिवेणी, कहिले रानीपानीतिर गित गाउँदै कांग्रेसी कार्यकर्ता भेट्दै आफुलाई भोट हाल्न आग्रह गर्दैछन् ।

पर्वत जिल्लाको कुर्घा गाविसमा जन्मिएका लोकदोहोरी गायक बिमलराज क्षेत्री सानै उमेरबाट कांग्रेस राजनितीमा छन् । उनी२०५३ सालमा पर्वत बहुमुखी क्याम्पसमा नेबिसंघ ईकाई सचिव हुँदैनेपाली काङग्रेस निकटको टे«ड यनियन चितवनबाट केन्द्रीय सदस्य रहेका छन् भने उनी कलाकर्मी संघको संस्थापक उपमहासचिव समेत हुन् हामीसँग कुरा गर्दै क्षेत्रीले भने म कसरी राजनिती भन्दा बाहिर हुन सक्छु कलाकार राजनितीमा भए राजनितीपनि सहि दिशामा जानसक्छ भन्दै प्रत्येक पटक निर्वाचनमा पार्टीको उमेद्वारलाई जिताउन म सबै गाविसमा गित गाउँदै पुगेको छु मेरो राजनैतिक स्थल पर्वत नै हो त्यसैले यही आएको उनले बताए ।
उनले कलाकारहरु खुल्ला दिलका हुने भएको कारण र आफ्नो मुद्धालाई स्थापित बनाउँनको लागि पनि राजनिती आउनुपर्ने बताए । राजनितीमा आएर अधिकार लिने ठाउँमा कलाकार हनुपर्छ भन्ने मान्यता राख्दै आफुले नेपाली काङग्रेसको महादिबेशन प्रतिनिधीमा उमेद्वारी दिन लागेको बताए ।

bimal ..
जिल्लामा कोईराला र देउवा प्यालन बनेर प्रतिस्पर्दा हुदैँ छ तपाई कुन प्यानलबाट महादिबेशन प्रतिनिधीमा उमेद्वारी दिने ? भन्ने प्रश्नमा क्षेत्रीले आफु नेपाली काङग्रेसको स्वतन्त्र कार्यकर्ता भएको कारण नेपाली काङग्रेस जिन्दावाद, जय नेपाल भन्दै कलाकार सबैको हो भन्दै लाग्ने बताए ।

तपाईको एजेण्डा के छ ? चुनाव जित्नुहुन्छ त ?भन्ने प्रश्नमा उनले हास्दै भने मैले पार्टीमा गरेको योगदानलाई हेर्नेहो भने नजित्ने कुनै कुरा नै आउँदैन भन्दै आफु प्रत्येक पटक जनताको बिचमा गएको र आफुले सबैलाई समेट्नसक्ने क्षेमता भएकोले आजको मितिमा म निकै आशावादी र ढुक्क छु उनले भने । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय द्धितिय उपाध्क्ष समेत रहेका क्षेत्री देउवा निकट मानिन्छन्् ।

– बैकुण्ठ गिरी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी