Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत १८ गते, बिहान ९:३० बजे पर्बत - PBT, समाज

शनिबार बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १८, फलेवास, पर्वत | पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् ।

हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो ।

उनीहरुलाई मार्फाभन्दा दुई किलोमिटर माथिको जंगलमा फेला पारिएको हो । प्रहरी नायब उपरीक्षक पाण्डेले भन्नुभयो, “हामीले खोज्दै जाँदा उनीहरुलाई फेला पा¥यौँ । पदमार्गमा हिँड्दै गर्दा एक जना लडेर तल खसेपछि खुट्टा भाँचिएर ढुंगामा च्यापिएको अवस्थामा भेट्टाइयो । सँगै गएका साथी पनि त्यहीँ नै रहेछन् । उनीहरुको उद्धार गरेर जोमसोम ल्याएका छौँ ।”

उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै शनिबार बिहानैबाट प्रहरीले उनीहरुको खोजी शुरु गरेको थियो भने, सिम्रिक एयरको हेलिकप्टरबाट पनि दिनभर खोजी गरिएको भए पनि उनीहरु धौलागिरि पदमार्ग हुँदै धौलागिरि बेस क्याम्पमा जाँदै गरेका थिए । – रासस